एकै दिन १ सय बढी संक्रमित थपिए, संक्रमितको संख्या ७ सय ८३ पुग्यो

Logo
बुधबार, जेठ १४, २०७७

मंगलबार एकैदिन १ सय १ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ। यो अहिलेसम्मको सबभन्दा ठूलो वृद्धिदर हो।

यसअघि एकैदिन सर्वाधिक ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। एक सातामै संक्रमितको संख्या दोब्बर भएको छ। गत मंगलबारसम्म संक्रमित संख्या ३९० थियो।

आज थपिएका १०१ संक्रमितमध्ये सात जना सोमबार साँझ थपिएका संक्रमित हुन्। त्यसको औपचारिक जानकारी मन्त्रालयले आज गराएको हो।

आज थपिएका संक्रमितहरूमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२, सप्तरीका ११, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, अर्घाखाँची, गुल्मी र स्याङ्जाका दुई-दुई जना छन्। साथै, धनुषा, रुपन्देही, कैलाली, अछामका एक-एक जना छन्।

अहिलेसम्म संक्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १ सय ७६ जना निको भएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]