पाँच दिनदेखि हराइरहेका शिक्षक मृत अवस्थामा भेटिए

Logo
बुधबार, जेठ १४, २०७७

उदयपुर – पाँच दिनयता हराईरहेका उदयपुर त्रियुगा नगरपालिका – १२ पुरानो गाईघाट घर भएका एक शिक्षक मंगलबार मृत अवस्थामा भेटिएका छन ।

स्थानीय ५५ बर्षीय ज्ञानबहादुर श्रेष्ठ त्रियुगा नगरपालिका – १३ स्थित भुसुने सामुदायिक वन क्षेत्रको रुखमा झुण्डिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार करमको रुखमा भोर्लाको लहराले घाटीमा पासो लगाई झुण्डि मृत्त अवस्थामा श्रेष्ठ भेटिएका थिए।

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा न ४ वतासे वालिङ्खा विद्यालयको प्रधानाध्यापक समेत रहेका श्रेष्ठ ५ दिन पहिले हराएका थिए । विद्यालय जानका लागि झोला समेत तयारी गरिसकेका श्रेष्ठ हापपाइन्ट किन्न भनेर बजार गएका थिए ।

५ सय रुपैया बोकेर हापपाईन्ट किन्न गाईघाट बजार जान्छु भनेर हिडेका उनी नफर्किएपछि ५ दिन देखि खोजी भइरहेको थियो। लकडाउन अगावै श्रेष्ठ विद्यालयलाई आवश्यक पर्ने जस्तापाता लगायत निर्माण सामाग्री खरिद गर्ने भन्दै घर आएका थिए ।

तर, लकडाउनका कारण उनी घरमै रोकिएको प्रहरीले जनाएको छ । श्रेष्ठको बिद्यालय निर्माण कार्य भईरहेको छ । श्रेष्ठको बिषयमा थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।