छिमेकी मुलुक भारतमा डेढलाख संक्रमित, अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

Logo
बुधबार, जेठ १४, २०७७

काठमाडौं : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। अमेरिकामा हिजो एकै दिन ७ सय ७४ जनाको ज्यान गएको छ।

वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक लाख ५ सय ७९ जनाको ज्यान गईसकेको छ। त्यहाँ १७ लाख २५ हजार २ सय ७५ कोरोना संक्रमित पुगेका छन्। त्यस्तै अमेरिकामा हालसम्म ४ लाख ७९ हजार ९ सय ६९ जनासंक्रमित निको भइसकेका छन्।

अमेरिकापछि ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमण देखिएको छ। त्यस्तै त्यहाँ २४ हजार ५ सय १२ जनाले ज्यान गुमाइसेका छन्। रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको द्ध त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गइसकेको छ।

संक्रमितको आधारमा चौथो स्थानमा रहेको स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। त्यस्तै २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण भेटिएको छ। बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गइसकेको छ। त्यहाँ २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ।

नेपालको खुला सिमाना भएको छिमेकी मुलुक भारतमा संक्रमित हुनेको संख्या १ लाख ५० हजार नाघेको छ। ४ हजार ३ सय ४४ जनाको ज्यान गएको छ।

विश्वभर संक्रमितको संख्या ५६ लाख ७८ हजार १ सय ४८ रहेको छ। संसारभर एकै दिन ९२ हजार ६० संक्रमित थपिएका छन्। त्यस्तै २४ घण्टामा ४ हजार ५४ जनाको ज्यान गएको छ। हालसम्म विश्वभरबाट २४ लाख २८ हजार १ सय ३२ जना निको भएर घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।