‘नेपालसँग के भइरहेको छ ? सरकारले सत्य जवाफ दिनुपर्छ’ : राहुल गान्धी

Logo
बुधबार, जेठ १४, २०७७

एजेन्सी । भारतको नेपाल र चीनसँगको सम्बन्धमा आएको दरारका विषयमा कांग्रेस नेता राहुल गान्धीले भारत सरकारसँग जवाफ माग गरेका छन् ।

सञ्चार माध्यमसँगको कुराकानीका क्रममा उनले कांग्रेस नेता गान्धीले भारत सरकारले पछिल्ला दिनमा देखिएको नेपाल र चीनसँगको दरारका विषयमा जवाफ दिनुपर्ने बताएका हुन् ।

कोरोना भाइरसको महामारीकै समयमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले पछिल्ला दिनमा नेपाल र चीनको सीमावर्ती क्षेत्रमा जारी तनावका विषयमा सरकारलाई विभिन्न प्रकारका प्रश्न सोधेका छन् । उनीे भन्छन, ‘सत्य के हो ? सरकारले राष्ट्रलाई जानकारी गराउनु पर्छ । सीमा क्षेत्रमा भइरहेका सबै गतिविधिहरुका बारेमा जनतालाई जानकारी गराउनु सरकारको दायित्व हो ।’

भारतीय जनता पार्टी (भाजपा)का नेताहरु नेपालविरुद्ध उभिँदा विपक्षी कांग्रेसले भने सम्बन्ध बिगारेको भन्दै सत्तारुढ भाजपाको आलोचना गरेको छ । गान्धी भन्छन्, ‘नेपालसँग के भएको हो ? लद्दाख क्षेत्रमा के भइरहेको छ ? सरकारले प्रष्ट जानकारी दिनुपर्छ । सरकार पारदर्शी बन्नुपर्छ ।’

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।