आज संघीय सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउँदै

Logo
बिहिबार, जेठ १५, २०७७

काठमाडौं : आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण (बजेट) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ।

नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाको हिजोको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि आज दिउँसो ३ः४५ बजेअगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन्।

बैठकमा सभामुख सापकोटाले सार्थक वार्ता र संवादका निम्ति सुझाव र अध्ययनका लागि गत साउन २० मा गठित कार्यदलको अवधि संसद्को चालू अधिवेशनसम्म कायम हुने गरी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो।

संयुक्त बैठकपछि आजै साँझ ६ बजे प्रतिनिधिसभाको अर्को बैठक बस्नेछ। यस अघि राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ २ गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेकी थिइन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।