कोरोना संक्रमणले ललितपुरमा एक जनाको मृत्यु, मृतक संख्या ५ पुग्यो

Logo
बिहिबार, जेठ १५, २०७७

कोरोना भाइरस संक्रमणका कारण बुधबार साँझ ललितपुरमा एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले ललितपुरको बुंगमतीका ५७ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरे।

उनका अनुसार, मृत्यु भएका व्यक्ति कलेजोका बिरामी थिए। उनी जेठ ११ गते अस्पताल भर्ना भएका हुन्। उनको स्वाब यही जेठ १२ गते परीक्षणका लागि पठाइएको थियो।

मृतकका ज्वाइँ राजीव शाक्यले मृत्यु भएको पुष्टि गरे पनि कोरोना संक्रमण पोजेटिभ देखियो भन्ने रिपोर्ट आफूहरूले नपाएको बताए।

‘हामीले आधिकारिक कागज मागेका छौं, तर दिएका छैनन्,’ उनले भने, ‘उहाँ कतै बाहिर जानुभएको छैन। बिरामी मान्छेलाई कसरी कोरोना सर्यो थाहा छैन।’

हालसम्म नेपालमा ९ सय १ जनामा कोरोना पुष्टि भएको छ जसमा ८ सय ५ पुरुष र ९६ महिला रहेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]