आजको मौसम : पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना

Logo
बिहिबार, जेठ १५, २०७७

आज (बिहीबार) बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) मध्य क्षेत्रमा मौसम सामान्य बदली छ भने देशका बाँकी स्थानमा आंशिक बदली छ।

विशेषगरी अपराह्नपछि काठमाडौं उपत्यकासहित मध्य र पूर्वी पहाडका थोरै स्थानमा तथा पश्चिमका केही स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

‘छिटफुट वर्षाको सम्भावना त अहिल्यैदेखि देखिएको छ,’ बिहीबार नेपालखबरसँग उनले भनिन्, ‘तर पनि विशेषगरी अपराह्नपछि नै वर्षाको सम्भावना छ।’

यस्तै राति पनि मध्य र पूर्वी भू-भागका केही स्थान साथै पश्चिमी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना महाशाखाले जनाएकाे छ।

मौसमविद्का अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भने पूर्वी भूभागनजिकै निम्न चापीय रेखा छ। साथै स्थानीय वायुको पनि प्रभाव छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]