स्वदेश फर्केका युवालाई सरकारले खेती गर्न जमिन उपलब्ध गराउने

Logo
बिहिबार, जेठ १५, २०७७

काठमाडौं । कोरोनाका कारण ग्रामिणमुखी भएका जनता तथा वैदेशिक रोजगारीबाट फर्केर खेती गर्न चाहनेलाई सरकारले भूमी बैंकमार्फत जमिन उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाका कारण गाउँ फर्केका तथा वैदेशिक रोजगारबाट युवाहरु फर्किने अवस्थालाई अवसरको रुपमा लिँदै कृषि कार्य गर्न चाहनेलाई भूमीमा पहुँच सुनिश्चित गर्ने भूमी बैंकको व्यवस्था गरिएको बताए ।

संघ, प्रदेश र स्थानीय तहको लगानीमा अगामी वर्षमा तीनसय स्थानीय तहमा भूमी बैंक इकाईको व्यवस्था गरिने बताउँदै उनले भूमी बैंकले जग्गा धनीबाट भाडामा लिएको जमिन, सरकारको स्वामित्वमा रहेको तर उपयोगमा नरहेको जमिन र नदी नियन्त्रणबाट उकास भएको जमिन कृषि कार्यका लागि उपयोग गर्न चाहने व्यक्ति तथा संस्थालाई निश्चित समयसम्मका लागि भूमी भाडामा उपलब्ध गराउने व्यवस्था सरकारले गर्न लागेको उनले बताए ।

जमिन भाडामा लिइ उत्पादन गर्नेलाई प्रोत्साहन स्वरुप कृषि सामाग्रीमा सौलियत दिइनेछ । बाँझो जमिन धेरै भएका स्थानीय तहबाट भूमी बैंकको स्थापना शुरु गरी क्रमशः सबै स्थानीय तहमा विस्तार गरिने बताउँदै उनले भूमी बैंकमा सेयर लगानी गर्न ५० करोड रुपियाँको बजेट व्यवस्था गरिएको जानकारी गराए ।

महिलाहरुको भूमीमाथि अधिकार र सुनिश्चितता बढाउन प्रदेश र स्थानीय तहको समन्वयमा (महिलाको हकमा) जग्गाको हस्तान्तरण गर्दा थप सहुलियत दिइने व्यवस्था मिलाइने मन्त्री खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]