हजार नाघे संक्रमित, एकै दिन डेढ सय बढीमा कोरोना पोजेटिभ देखीयो, कुन जिल्लामा कति हेर्नुहोस

Logo
बिहिबार, जेठ १५, २०७७

नेपालमा कोभीड १९ (कोरोना भाइरस)का संक्रमित १ हजार भन्दा बढी भएका छन्। नेपालमा ५१ जिल्लामा कोरोनाका संक्रमित पुष्टि भएका छन्।

आज विभिन्न जिल्लामा थप १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिए संगै संक्रमितको संख्या १ हजार ५३ जना पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा बिहिबार प्रवक्ता डा विकास देवकोटाले थप १ सय ५६ मा संक्रमण देखिएको बाताएका भएपनि पछि दाङ्ग र कपिलबस्तुमा ११ जना संक्रमित थपिएका छन।

एकैपटक यति धेरै सक्रमण फेला परेको पहिलो पटक हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यति ठुलो संख्यामा संक्रमण देखिएको हो।

सप्तरीमा १४, झापामा २५, धनुषामा २९, महोत्तरीमा १७, रौतहटमा २०, स्रर्लाहीमा ७, सिरहामा ६, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १ जना संक्रमित भेटिएका हुन्।

त्यसैगरी, दैलेखमा ८, स्याङ्जामा ३, दार्चुलामा १, कैलालीमा २, मकानपुरमा १ , बर्दियामा ३, दाङ्गमा २ र कपिलवस्तुमा ९ जनामा संक्रमण पुष्टि भएको हो । कुल संक्रमितमध्ये ९ सय ५१ पुरुष र १ सय २ महिलामा छन्। जसमा ५ जनाको मृत्यु भएको छ भने १ सय ८७ जना निको भएर फर्किसकेका छन्।

यो टेबलमा दाङ र कपिलवस्तुका नयाँ ११ संक्रमित थपिएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry