उदयपुरका आठ पालिकालाई ३ अर्ब १२ करोड ५६ लाख बजेट, कुन पालिकामा कति हेर्नुहोस? (तालिका सहित हेर्नुस्)

Logo
आइतबार, जेठ १८, २०७७

उदयपुर । संघीय सरकारले उदयपुरका आठ वटा पालिकाकालागि ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्तुत गरेको बजेटमा उदयपुरका ८ पालिकाले खर्च गर्ने गरि समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ३ अर्ब बढी रकम विनियोजन गरेको हो ।

आगामी वर्षका लागि समानीकरण अनुदान तर्फ ९९ करोड ३६ लाख, सशर्त अनुदान तर्फ २ अर्व ७ करो ३७ लाख, विशेष अनुदान तर्फ ३ करोड ५८ लाख र समपुरक अनुदान तर्फ २ करोड २५ लाख विनियोजन गरेको छ । चार वटा नगरपालिकामा २ अर्ब ७७ करोड बजेट विनियोजन भएको छ।

मन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा सरकारले सबैभन्दा धेरै बजेट त्रियुगा नगरपालिकालाई ६९ करोड ४४ लाख रुपैयाँ दिएको छ । सवैभन्दा कम लिम्चुङबुङ गाउँपालिकालाई २० करोड १८ लाख रुपैया विनियोजन गरेको छ ।

कटारी नगरपालिकामा वित्तीय समानीकरण र सशर्त अनुदान मात्र बजेट बिनियोजन गरिएको छ भने बिशेष र समपुरक अनुदान समाबेश छैन। जसमा वित्तीय समानीकरण शिर्षक अन्तर्ग ११ करोड २४ लाख र सशर्त अनुदान अन्तर्गत ३५ करोड २६ लाख गरी ४६ करोड ५० लाख बजेट विनियोजन भएको छ ।

चौदण्डीगढी नगरपालिकामा वितीय समानीकरण अन्तर्गत १४ करोड ४६ लाख, सशर्त अनुदान अन्तर्गत २९ करोड ४६ लाख, विषेश अनुदान अन्तर्गत ५८ लाख र समपुरक अनुदान अन्तर्गत १ करोड ६१ लाख विनियोजन भएको छ ।

त्रियुगा नगरपालिकामा वित्तीय समानीकरण शिर्षक अन्तर्गत २१ करोड १ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ४७ करोड ७९ लाख र समपुरक अनुदान ६४ लाख गरी ६९ करोड ४४ लाख विनियोजन भएको छ । त्रियुगामा बिशेष अनुदान अन्तर्गतको बजेट काटिएको छ।

बेलका नगरपालिकामा वित्तीय समानीकरण शिर्षक अन्तर्गत १३ करोड २५ लाख र सशर्त अनुदान शिर्षक अन्तर्गत २३ करोड ५७ लाख विशेष अनुदान अन्तर्गत २ करोड बजेट विनियोजन भएको छ भने समपुरक अनुदान कटाइएको छ।

यस्तै गाउपालिका तर्फ १ अर्व ११ करोड ७९ लाख बजेट विनियोजन भएको छ । उदयपुरका सबै गाउपालिकामा समपुरक अनुदान अन्तर्गत बजेट बिनियोजन भएको छैन।

गाउपालिका तर्फ उदयपुरगढीमा वित्तिय समानकिरण शिर्षक अन्तर्गत १५ करोड ४५ लाख र सशर्त अनुदान तर्फ २२ करोड २१ लाख बजेट विनियोजन भएको छ ।

ताप्ली गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ७ करोड ४८ लाख र सशर्त अनुदान तर्फ १४ करोड ४० लाख बजेट विनियोजन भएको छ ।

रौतामाई गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ९ करोड ६० लाख, सशर्त अनुदान तर्फ २१ करोड ४७ लाख र विशेष अनुदान अन्तर्गत १ करोड बजेट विनियोजन भएको छ ।

लिम्चुङबुङ गाउँपालिकामा वित्तीय समानीकरण अन्तर्गत ६ करो ९७ लाख र सशर्त अनुदान अन्तर्गत १३ करोड २१ लाख विनियोजन भएको छ ।

देश भरका पालिकाको हेर्न यहाँ क्लिक गर्न्नुहोस।

वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान भनेको के हो ? यस्तो छ परिभाषा

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।