असार ५ गतेको प्रमुख १५ खबर

Logo
शुक्रबार, आषाढ ०५, २०७७

सांसदले खर्च गर्न नसकेको रकम कोरोना कोषमा जम्मा गर्ने सरकारको निर्णय, सांसद विकास कोषमा खर्च नभएको रकम कोरोना रोकथाममा खर्च गरिने

स्वास्थ्य सम्बन्धी मौलिक हक कार्यान्वयनबारे सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्यो, मौलिक हक कार्यान्वयनको अवस्थाबारे महान्यायाधिवक्ता कार्यालय मार्फत १५ दिनभित्र लिखित जवाफ दिन आदेश

अधिकांश ठाउँमा वन व्यवस्थापनको नाममा वन फाडानी भइरहेको तथ्य सार्वजानिक, सो विषयमा अध्ययन गर्न लेखाद्धारा छानवीन समिति गठन

नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना नया कोरोना संक्रमित थपिए, यससगै नेपालमासंक्रमितको संख्या ८ हजार २ सय ७४ पुग्यो

खाडी मुलुकबाट ९४ गर्भवती सहित करिब ५ सय नेपाली भित्रिए, जहाजमा २४ शव पनि ल्याइएको उड्यन प्राधिकरणद्धारा जानकारी

साउदीमा ज्यान गुमाएका नेपालीका परिवारले पाउनुपर्ने २ करोड बढी रकम नेपाल पठायो, उक्त रकम सम्बन्धित परिवारलाई सम्पर्क गरि उपलब्ध गराईने

लकडाउन सुरु भए यता छ अर्ब बराबरको औषधि तथा कच्चा पदार्थ आयात, बन्दाबन्दी शुरु भएपछि खाद्य पदार्थको आयातमा पनि वृद्धि भएको आपूर्ति मन्त्रालयका प्रवक्ता प्रकाश दाहालको भनाई

उदयपुरको लिम्चुङबुङ गाउँपालिका फौजी किरा नियन्त्रण गर्न सफल, यस बर्ष पालिका भरिका किसानलाई विषादीसँगै निःशुल्क मकैको बिउ वितरण गरेको अध्यक्ष मेजर कुमार राईको भनाई

विश्व बैंक र स्विस सरकारले नेपाललाई १४ अर्ब ४० करोड बराबरको ऋण तथा अनुदान दिने, विश्व बैंकले उर्जा क्षेत्रमा लगानी बढाउन र स्विस सरकारले साना सिचाइ कार्यक्रम कार्यान्वयनका लागि सो अनुदान स्वीकृत गरेको अर्थमन्त्री खतिवडाको भनाई

औद्योगिक उत्पादनका लागि उद्योगहरुले मरिच आयत गर्न पाउने, छोकडा र मटर केराउ आयतमा भने प्रतिबन्ध लगाउने सरकारको निर्णय

प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउन निजी क्षेत्रलाई प्रोत्साहन दिइने, मानवीय स्वास्थ्य समस्याका बीच पनि अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको अर्थमन्त्री खतिवडाको भनाई

डिन नियुक्तीको विषयमा डा. गोविन्द केसीको आपत्ति, वरिष्ठताको आधार लत्याएर डिन नियुक्ति भएको डा. केसीको भनाई

पर्वतमा कोरोना अस्पतालमा खटिएका ५ स्वास्थ्यकर्मीलाई संक्रमण, उपचारमा अटिएका स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएपछि आकस्मिक बाहेक अन्य सेवा बन्द

सुन लुकाएको आरोपमा एक इन्सपेक्टर सहित चार प्रहरीविरुद्ध अख्तियारद्धारा मुद्दा दायर, उनिहरु विरुद्ध जनही २६ लाख ५२ हजार बिगो दाबी

अमेरिकाको प्रमुख आप्रवासी कार्यक्रम डाका अन्त्य नहुने, ड्रिमर्सको पक्षमा सर्वोच्चको फैसला

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]