असार १२ गतेका प्रमुख १५ खबरहरु

Logo
शुक्रबार, आषाढ १२, २०७७

१.बेखर्ची र बिरामी नेपालीलाई निशुल्क ल्याउन माग गर्दै सांसद डिला संग्रौलाद्धारा सरकारको ध्यानाकर्षण,अलपत्र परेका कामदारलाई उद्धार गर्न सर्वोच्चले आदेश दिए पनि सरकार उदासिन बनेको संग्रौलाको आरोप

२. लकडाउन सुरु भए यता मात्र मुलुकभर १ सय ९ वटा बलात्कारका घटना अभिलेखीकरण, अभिलेखीकरण भएका मध्ये ६४ जना छिमेकीबाट र १७ जना परिवारका सदस्यबाट नै बलात्कृत भएको ओरेक नेपालद्धारा जानकारी

३. शुक्रबार ५ सय ९३ कोरोनाका संक्रमित थपिए, यीसहित मुलुकभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुग्यो

४. अस्पतालहरुले निर्देशिका विपरित कोभिड १९ को नमूनाहरु संकलन गरि परीक्षणका लागि पठाएको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण, निर्देशिका विपरित नमूना परीक्षण नगर्न सबै अस्पताललाई मन्त्रालयको निर्देशन

५.स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा थप १० अस्पताललाई कोभिड–१९ को पीसीआर नमूना परीक्षणका लागि अनुमति, अब देशभरका ३३ अस्पतालमा कोरोना परीक्षण हुने

६. अख्तियारले निजी क्षेत्रमाथि निगरानी गर्ने गरी सरकारले ल्याएको विधेयक फिर्ता लिन दबाब, देशको ७० प्रतिशत जिडिपी धान्ने निजी क्षेत्रलाई सरकारले
नतर्साउन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको आग्रह

७.सीमा समस्या समाधानका लागि सरकारले निरन्तर पहल गरिरहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाई, तीन पटक पत्र पठाउँदा पनि भारतले वार्ताका लागि चासो नदेखाएको मन्त्री ज्ञवालीको गुनासो

८. नागरिकता विधेयक संविधान विपरित भएको कांग्रेस नेता विमलेन्द्र निधिको दाबी,संविधानले व्यवस्था गरे विपरित कानुन निर्माण गर्न खोज्नु संविधानको उल्लंघन हुने निधिको भनाई

९.कोभिड १९ का कारण स्थगित भएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गरिने, उक्त कार्यक्रम यहि असार २२ र २३ गते संचालन हुने

१०. जनकपुर प्रादेशिक अस्पतालमा ज्यान गुमाएका राजु सदाको मृत्युबारे प्रदेश २ सरकारले छानबिन गर्ने, प्रदेश सरकारले मृतक सदाको परिवारलाई पाँच लाख रुपैयाँ राहात समेत दिने

११. तोकिएको गुणस्तर पुरा नगरेको पाईए पछि चार सिमेन्ट उद्योगलाई गुणस्तर तथा नापतौल विभागद्धारा कारबाही, मापदण्ड पुरा नगरेका कम्पनीहरुको गुणस्तर प्रमाण चिन्ह स्थगन

१२. नेपालको जनसंख्या ३ करोड नाघेको केन्द्रीय तथ्याङ्क विभागद्धारा जानकारी, १२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी

१३. मलेसियाबाट आउने विमानले आज १८ जनाको शव ल्यायो, साउदीबाट भोलि १६ जनाको शव ल्याईने

१४. बेलायतमा कोरोनाको भ्याक्सिन मानिसमा परीक्षण गर्ने तयारी, लन्डनको इम्पेरियल कलेजमा ३ सय मानिसमाथि खोपको परीक्षण गरिने

१५. महिला विश्व कप फुटबल अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने, सो प्रतियोगिता २०२३ जुलाई १० देखि अगस्ट २० तारिखसम्म आयोजना हुने

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]