चीनमा भेटियो नयाँ भाइरस

एजेन्सी बुधबार, आषाढ १७, २०७७

कोरोनाभाइरसको महामारी चलिरहेका बेला चिनियाँ वैज्ञानिकहरूले नयाँ भाइरस पत्ता लागेको बताएका छन्।

उनीहरूले गरेको एक अध्ययनका अनुसार नयाँ भाइरस चिनियाँ बंगुरमा देखिएको हो।

चिनियाँ वैज्ञानिकको एक टोलीले सन् २०११ देखि २०१८मा चीनका विभिन्न भागमा बंगुरमा पाइएको इन्फ्लुइन्जा भाइरसको अध्ययन गरेका थिए।

उक्त अध्यननमा एच१एन१ प्रकारको ‘जी४’ स्ट्रेन भेटिएको बताएका छन्। जुन नयाँ भाइरस हो।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्स(पीएनएएस)को जर्नलमा छापिएको लेखमा उक्त नयाँ भाइरसले महामारीको रूप लिन सक्ने चेतावनी दिइएको छ।

‘मानव जाति र विषेशगरी बंगुर फर्मका कामदारहरूमाथिको निरीक्षण तुरून्तै कार्यन्वयन गर्नपर्छ,’ उक्त लेखमा भनिएको छ।

वैज्ञानिकहरूले विषेशगरी मानवजाति, घना बस्ती रहेका चिनियाँ शहर, वधशाला र माछाबजारमा जोखिम बढी रहेको बताएका छन्।

सन् २००९मा फैलिएको एभियन ए१एन१भाइरसलाई नियन्त्रणमा लिन चीनले जोखिम रहेका राष्ट्रहरूमा उडानहरू बन्द गरेको थियो भने १०औं हजार मान्छेहरूलाई क्वारेन्टिनमा राखिएको थियो।

यो नयाँ भाइरस भने सन् २००९मा महामारीको रूप लिएको एच१एन१ र बंगुरमा फेला परेको स्ट्रेनको संयोजन हो।

वासिङटन युनिभर्सिटीका बायोलोजिस्ट कार्ल बर्गस्टोर्मले भने यो भाइरस मानव जातिमा फैलिए पनि महामारीको रूप नलिने बताएका छन्।

अहिले महामारीको रूपमा विश्वभरी फैलिरहेको कोरानाभाइरस पनि चीनको वुहानमा पहिलो पटक भेटिएको थियो।

चीनबाट सुरूभएकर विश्वभर फैलिएको कोरानाभाइरस संक्रमितको संख्या एक करोड ४२ लाख नाघिसकेको छ भने ५ लाख ८ हजारले ज्यान गुमाएका छन्।

सम्पर्क

शोलुसन मिडिया प्रा.ली.
दर्ता नं. : – xxxxxxx
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

सोलुसन खबर डट कम अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित सोलुसन खबर डट कम र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।