मापदण्ड बिपरित नगरले नदिजन्य सामाग्री उत्खनन गरेको खाल्डोमा डुबेर एकको मृत्यु

Logo
बिहिबार, आषाढ १८, २०७७

उदयपुरको बरुवा खोलामा नगरपालिकाले मापदण्ड बिपरित उत्खन गरेको खाल्डोमा परि एकजनाको मृत्यु भएको छ। जथाभाबी मापदण्ड बिपरित नगपालिका आफै सगभागी भएर उत्खनन गरेको खाल्डोमा परि त्रियुगा नगरपालिका १३ हवाईफिल्डका ३८ वर्षीय सन्तोष भुजेलको मृत्यु भएको हो।

नगरपालिकाले नदिजन्य सामग्री भण्डारण गर्ने उदेस्यले बरुवाखोलामा ४ देखि ५ मिटर सम्मका खाल्डा बनाएर जथाभावी नदि उत्खनन गरेको थियो। बर्षात लागे संगै नगरपालिकाले नदिजन्य सामाग्री उत्खन रोकेपनी पहिले ४ देखि ५ मिटर सम्म गहिरा खाल्डा खनेर यतिकै छाडेको थियो।

सोही खाल्डामा नुहाउने क्रममा भुजेलको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ। घरदेखि विहान ८ः०० बजे निस्केका भुजेल दिउँसो १२ः०० बजे मृत अवस्थामा भेटिएको स्थानीयले देखेर प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।

स्थानीय सरकार आफै संलग्न भएर मापदण्ड बिपरित खोलाको दोहन हुदा प्राकृतिक प्रकोपको समस्या आउने त् छदै थियो एक युवाले अकालमा आफ्नो ज्यान समेत फाल्नु परेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:sholusantvhd@gmail.com, khemrjd@gmail.com

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry