मन्त्रिपरिषद बैठकमा कतिपय मन्त्री पुग्न नपाउँदै निर्णय, सकियो बैठक

Logo
बिहिबार, आषाढ १८, २०७७

बिहीबार मन्त्रिपरिषदको बैठक कतिपय मन्त्रीहरू नै नपुगी अन्त्य भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा २० मन्त्रीमध्ये १३ जनामात्रै थिए।

गृहमन्त्री रामबहादुर थापा, बन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराईलगायत कतिपय मन्त्री पुग्न नपाउँदै मन्त्रिपरिषद बैठक सकियो।

सबै मन्त्री उपस्थित नभई सकिएको बैठकले संसद अधिवेशन आजै ५ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले सिफारिस गरेको डेढ घण्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरिन्।

आफू पुग्न नपाउँदै मन्त्रिपरिषद बैठक सकिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताए। यस्तै स्थायी कमिटी बैठकमा बसेका गृहमन्त्री बादल र बन मन्त्री बस्नेत पनि मन्त्रिपरिषद बैठकमा पुग्न पाएका थिएनन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]