बुधबार असार २४ गतेका प्रमुख १५ खवर

Logo
बुधबार, आषाढ २४, २०७७

दक्षिण एसियाका १ अर्ब ७० करोड मानिसमा खाद्यान्न तथा पोषणको समस्या हुने रिसर्च इन्स्टि च्युटको दाबी, खाद्यान्न प्रणाली हेरफेर गरी समावेशी र दिगो बनाउनुपर्ने उक्त इन्स्टि च्युटको भनाइ

कोभिड– १९ महामारीका बीच यौन दुर्व्यवहार तथा हिंसाका घटना बढेको अन्तर्राष्ट्रिय समुदायको ठहर, महिला तथा किशोरीमाथि बढिरहेको यौन हिंसालाई गम्भीरतापूर्वक लिन आग्रह

गुणस्तरहीन औषधिजन्य सामग्रीको तस्करीले स्वास्थ्य जोखिम बढेको संयुक्त राष्ट्रसंघको भनाई, महामारीलाई तस्करहरुले पैसा कमाउने अवसरका रुपमा लिएकाले चुनौती थपिएको राष्ट्रसंघको तर्क

बुधबार २५५ जना नया कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुग्यो, पछिल्लो २४ घण्टामा २ सय ५३ जना डिस्चार्ज भएर घर फर्किए

ट्याक्सी सञ्चालनको व्यववस्था मिलाउन विकास तथा प्रविधि समितिद्धारा सरकारलाई निर्देशन, कोरोनाका कारण यातायात क्षेत्र सर्वाधिक प्रभावित भएकाले यस्तो निर्देशन दिएको समितिको भनाई

यातायात क्षेत्रका मजदुरहरुको समस्या सम्बोधन नभए कफन बाधेर सडकमा उत्रिने चेतावनी, संकटको बेला यातायात मजदुरहरुका लागि सरकारले कुनै राहतका कार्यक्रममा नल्याएको उनिहरुको गुनासो

नेपालमा अलपत्र चिनिया नागरिक फर्काउन चारवटा विशेष उडान गरिने, जसमध्ये पहिलो उडान जुलाई २४ मा गर्न लागिएको चिनिया दूतावासद्धारा जानकारी

जाल्पाद्धारा कोभिड १९ का कारण मारमा परेका उदयपुरको ५ सय ५१ विपन्न घरपरिवारलाई राहत सामाग्री वितरण, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार राहत वितरण गरेको अध्यक्ष पुष्पराज पोखरेलको भनाई

आज बस्ने भनिएको नेकपाको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित, पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा

प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टिद्धारा विशेष अधिवेशन बोलाउनेबारे छलफल सुरु, कोरोना संकटमा सरकार असफल भएको प्रतिपक्षि दलहरुको दाबी

कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा बुधबार प्रदर्शन, दुई हप्ताभित्र पनि सरकारले पठाउने पहल नगरे तीन हजारभन्दा बढीको रोजगारी गुम्नसक््ने उनीहरूको भनाई

डब्लूएचओमा जागिर लगाइ दिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ, उनले दुई जनासंग ५ लाख रुपैया ठगी गरेको प्रहरीद्धारा जानकारी

नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा पनि कोरोना पुष्टि, संक्रमित चार जनालाई बलम्बु स्थित सशस्त्र प्रहरी अस्पताल लैजाने तयारी

कोरोना भाइरस हावाबाट सर्छ भन्ने कुरालाई नकार्न नसकिने विश्व स्वास्थ्य संगठनको तर्क, सो कुरा पुष्टि भएमा रोकथाम सम्बन्धी निर्देशिका परिवर्तन गर्नुपर्ने चिकित्सकहरुको भनाई

विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रुपमै बाहिरियो, डब्लुएचओले चीनको पक्षमा काम गरेको र अमेरिकालाई बेवास्ता गरेको राष्ट्रपति ट्रम्पको आरोप

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।