प्रधानमन्त्री ओलीको समर्थनमा उदयपुरमा प्रदर्शन

Logo
बिहिबार, आषाढ २५, २०७७

उदयपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा उदयपुरमा बुधबार ओली पक्षका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । अपरान्ह ४ बजे गाईघाटको लोकातान्त्रिका चोक बाट शुरु भएको विरोध जुलुसमा वर्तमान सरकारको वचाउ गरेका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी वैठकमा प्रधानमन्त्री वलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बहुमतको माग चर्किए पछि प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष ओलीका समर्थकहरुले गाईघाटमा प्रदर्शन गरेका हुन् ।

गाईघाटको लोकत्रान्त्रिक चोकमा भएको प्रदर्शन कार्यक्रममा नेपाली जनताहरु स्थिर सरकार र समृदीको पक्षमा रहेको र समृद नेपाल शुखी नेपालीको अभियानमा रहेका प्रधानमन्त्री ओली विरुद्ध पटक पटक नेतृत्वमा रही सरकार र पार्टी चलाएका हरुले नै राजिनमा माग गर्नु राम्रो नहुने चेतावनी दिएका थिए ।

अनावश्यक चलखेल बन्द गर, स्थिर सरकार कायम गर, पार्टी एकता मजबुत पारौं, अस्तिरता हामीलाई चाँहिदैन, सरकार ढाल्न पाईदैन, लगायतका नारा सहित पार्टी एकता को पक्षमा प्रदर्शन गरिएको थियो।

प्रदर्शन कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य, युवा, विद्यार्थी, मजदुर लगाएत ओलीका समर्थक जनताको उपस्थिती उल्लेखनिय रहेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]