लामो दूरीका यातायात छिटो खुलाउन माग

Logo
गोरखापत्र दैनिक आइतबार, साउन ११, २०७७

काठमाडौँ : छोटो दूरीका यातायात सञ्चालनले यात्रुलाई समस्या पारेको भन्दै लामो तथा मध्यम दूरीको यातायात छिटो सुचारु गर्न व्यवसायीले माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जिल्लाबाहिर जानैपर्ने यात्रु समस्यामा परेकाले लामो दूरीको यातायात छिटो सञ्चालन गर्न माग गरेको छ ।

छोटो दूरीका मात्र सार्वजनिक यातायात सञ्चालन गर्दा यात्रु झन् समस्यामा परेको महासङ्घको दाबी छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “जिल्लाभित्र मात्र सार्वजनिक यातायात सञ्चालन गर्नु अवैज्ञानिक भयो, जनतालाई दुःख भयो, काठमाडौँ आउनैपर्ने मान्छे जिल्ला जिल्लामा गाडी चेन्ज गरेर आएका छन् । त्यसो गर्दा कोरोना सङ्क्रमण सर्ने सम्भावना झन् बढ्छ । ”

बरु लामो दूरीका पनि खुला गरिदिए एउटै गाडीमा गन्तव्यमा पुग्दा कोरोना फैलने सम्भावना कम हुने उपाध्यक्ष स्वाँरको भनाइ छ । सरकारले तोकेको सुरक्षाको मापदण्ड अपनाएर गाडी चलाउँछौँ भन्दा पनि सरकारले रोकिरहेको महासङ्घको गुनासो छ ।

स्वाँर भन्नुहुन्छ, “प्राइभेट गाडीले दोब्बर भाडा उठाएर यात्रु बोकिरहेका छन्, यात्रु ठगिएका मात्र छैनन् कोरोनाको उच्च जोखिम मोलिरहेका छन् । निजी गाडीले कोरोना नसार्ने सार्वजनिकले मात्र सार्ने जस्तो सरकारको व्यवहार भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।