

प्रसूति बिदाको अधिकार कार्यान्वयन गर्न सरकारलाई महिला समितिको निर्देशन, कम्तीमा ९८ दिनसम्मको प्रसूति बिदा पाउने अधिकार कार्यान्वयनमा ल्याउन आग्रह
पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधान न्यायाधीशको फैसला पुनरावलोकन हुने, सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको महान्यायाधिवक्ता कार्यालयको ठहर
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने, यसैबीच बैंगलौर–काठमाडौ उद्धार उडान दुई दिनपछि अर्थात जुलाई २७ तारिखका लागि सारियो
विद्यार्र्थी न्युन रहेका विद्यालयबीच सहकार्य गर्न प्याब्सन र एन प्याब्सनको आग्रह, आर्थिक समस्याका कारण बन्द हुने अवस्थामा पुगेका विद्यालयहरुबिच सहकार्य आवश्यक रहेको प्याब्सन र एन प्याब्सनको तर्क
प्रदेश १ सरकारले मनपरी रुपमा बजेट खर्च गरिरहेको तथ्य सार्वजनिक, व्यक्तिगत स्वार्थसिद्धिका लागि मनलाग्दी बजेट बाडफाड र जथाभावी खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख
खर्च नभएको करिब १६ अर्ब रुपैया अर्थ मन्त्रालयले चालू आवमा सार्यो,बहुवर्षीय सम्झौतालाई बजेट छुट्याएर मात्र अन्य आयोजनालाई स्रोत विनियोजन गरिने
एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको उपचारमा सघाउने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको आश्वासन, घटनामा संलग्नलाई हदैसम्मको कारवाही गर्ने समेत प्रतिवद्धता
मास्क नलगाउने विरुद्ध कडा कदम चाल्न ७७ वटै जिल्ला प्रशासनलाई गृहद्धारा परिपत्र,जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने गृहको परिपत्रमा उल्लेख
करदाता सेवा कार्यलय गाईघाटद्धारा कटारीमा एक दिने कर शिबिर संचालन, शिविरबाट २४ लाख राजस्व संकलन
उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूतबीच भेट वार्ता, एमसिसी अनुमोदनमा भइरहेको ढिलाइप्रति राजदूतको चासो
अनुशासन उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै कांग्रेस, कांग्रेसले तीन नेतालाई निष्कासन गरेपछि नेता शेखर कोइराला र मिनेन्द्र रिजालको आपत्ति
घूष लिने जो कोहीलाई पनि नछाड्ने गरी आयोगले काम गरिरहेको अख्तियार प्रमुख नवीन घिमिरेको दाबी, साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याइने जिकिर
यसवर्ष मनसुनको सक्रियतासँगै आएको बाढी पहिरोमा परी हालसम्म १३० जनाको मृत्यु, ५१ जना बेपत्ता
पछिल्लो २४ घन्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि हालसम्म १८ हजार ६ १३ संक्रमितमध्ये १३ हजार बढि निको भएर घर फर्किए
र
इण्डियन प्रिमियर लिग आइपिएल टी–२० क्रिकेट सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने, आइपिएलका खेल युएईको दुबई, अबुधावी र शारजाह गरी तीन सरहमा हुने