साउन १५ गतेका प्रमुख १५ खबर

Logo
बिहिबार, साउन १५, २०७७

बाढीको जोखिम व्यवस्थापनका लागि एडीबीसंग करिब ६ अर्ब सहयोग माग्ने सरकारको तयारी, बाढीपहिरोमा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने पनि सरकारको निर्णय

सार्वजनिक निकायमा करारमा कर्मचारी राख्दा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै सांसदहरुको आपत्ति, कर्मचारी राख्नुपर्ने भए आयोगले तयार गरेर सार्वजनिक गर्नुपर्ने सांसद लालबाबु पण्डितको तर्क

निजी संस्थामा काम गर्न नपाउने सरकारको निर्णयको प्रति सरकारी चिकित्सक संघ गोदानको आपत्ति, हतारमा बिना सुझबुझ उक्त निर्णय गरेको भन्दै निर्णय फिर्ता लिन आग्रह

राष्ट्रिय गौरबका आयोजना अगाडी बढाउन वित्तिय चुनौती रहेको अर्थमन्त्री युवराज खतिवडाको भनाई, विदेशी सहायतामा आश्रित केही आयोजनाहरुमा पनि समस्या हुनसक्ने

विद्यालयलाई क्वारेन्टिन र आइसोलेसन सेन्टर नबनाउन सरकारको निर्देशन, क्वारेन्टाइन सञ्चालन भएका विद्यालय स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने

सरकारले यसै शैक्षिक सत्रदेखि माध्यमिक तहका विद्यार्थीलाई नेपालको भूगोल तथा सीमाबारे पढाउने, नेपालको भूगोल र सीमाबारे जानकारी लिन परे आधिकारिकताका लागि उक्त किताब प्रयोग गर्न सकिने

नेटवर्किङ कम्पनीलाई इजाजत दिएकोबारे छानबिन गर्न ५ सदस्यीय उपसमिति गठन , उपसमितिलाई अध्ययनका लागि १५ दिनको समयसीमा तोकियोे

निर्मला पन्त हत्या प्रकरणमा मुछिएका एसपी बिष्टसहित ८ प्रहरीले पाए सफाइ, उनीहरूमाथि लागेको आरोप सावित नभएपछि सफाइ दिइएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुनाथ शर्माद्धारा जानकारी

सरकारद्धारा विभिन्न आयोग र मन्त्रालयका कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत, तीन सय १८ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता युवराज खतिवडाद्धारा जानकारी

एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको उच्चशिक्षामा नेविसंघले सघाउने, न्याय प्राप्तिका लागि पिडित कार्कीको आवश्यक सहयोग गर्न पनि नेविसंघ तयार रहेको अध्यक्ष राजीव ढुंगानाको भनाई

दरबारमार्गमा सुन बोकेको झोला फालेर भाग्ने तीन जना पक्राउ, पक्राउ पर्नेमा देवान पटेल, निलेश सखिया र विजय पटेल रहेको प्रहरीद्धारा जानकारी

खाद्य व्यवस्था र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति, आयातका लागि ५० प्रतिशत भन्सार छुटको पनि व्यवस्था

अनुमति पाएका सबै निजी प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न स्वीकृति, स्वीकृति पाएका सबै प्रयोगशालाहरूले सरकारले तोकेको ५ हजार ५ सय रुपैंयाँ लिएर कोरोना परीक्षण गर्न पाउन

बिहीबार थप २ सय ७४ कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुग्यो, कोरोनाका कारण हालसम्म ५२ जनाले ज्यान गुमाए

भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा ७ सय ७५ को मृत्यु, संक्रमिण्तको संख्या १५ लाख ८३ हजार बढि पुग्यो

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।