८७ पुगे उदयपुरमा कोरोना संक्रमित, समुदायमा कोरोना आएका आसंका

Logo
शुक्रबार, साउन १६, २०७७

उदयपुर – उदयपुरमा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ। उदयपुरको बेलका नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ पुगेको हो।

बेलका नगरपालिका ९ का ३५ वर्षीया महिला र २० वर्षीय युवामा कोरोना पोजिटिभ देखिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनिहरुमा कोरोना पुष्टि भएको थियो।

संक्रमित ८७ मध्य २२ जना महिला र ६५ जना पुरुष रहेको जिल्ला जन-स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । संक्रमितमध्य सबैभन्दा बढी त्रियुगा नगरपालिकामा ३७ पुरुष र १३ जना महिला गरी ५० जना, बेलकामा १९ पुरुष र ५ महिला सहित २४ जना, कटारीमा ७, चौदण्डीमा नपामा १, ताप्लि गाउँपालिकामा ३ र उदयपुरगढी गापामा २ रहेका छन् ।

देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कोरोना अब समुदाय स्तरमानै देखिन थालेको अनुमान गर्न थालिएको छ। पछिल्लो समय लक्षण सहितका कोरोना सक्रमित देखिन थालेपछि र समुदायमा कोरोना संक्रमित भेटिन थाले पछि कोरोना रोकथाममा चुनौती थपिएको छ।

उदयपुरको बेलकामा पनि समुदाय स्तरमै कोरोना देखापरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए। पच्छिल्लो समय कोरोना पोजेटिभ देखिएका बेलकाका दुई जना व्यापारी रहेको प्रजिअ पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]