गाईघाट आसपासका क्षेत्रमा आजबाट मास्क नालगाई निस्किए कारावाही हुने

Logo
शुक्रबार, साउन १६, २०७७

उदयपुर – उदयपुरको गाईघाट आसपासका क्षेत्रमा आजबाट मास्क नालगाई बजार एरिया निस्किए कारावाही हुने भएको छ। कोरोना कहरकै बीच सरकारले लकडाउन अन्त्य गरेको घोषणा गरे पछि नागरिकहरु बिना मास्क बाहिर निक्लिने बढेपछि कोरोना संक्रमण बढ्ने खतरालाई ध्यान दिदै यस्तो निर्णय गरिएको हो।

सरकारले साउन एक गते देखि लकडाउन अन्त्यको घोषणा गरेपनि दैनिक २ देखि ३ सय सम्म कोरोनाका संक्रमित बढी रहेको अवस्थामा सर्वसाधारणले घर बाहिर निस्किदा समुदायमा कोरोनाको संक्रमण बढ्ने सम्भावनालाई मध्ये नजर गर्दै मास्क नलगाउने सर्वसाधारणलाई अनिबार्य मास्क लगाउन पर्ने र नलागाए जरिवाना गरिने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

आज मात्र उदयपुरको मालपोत कार्यालयका एक कर्मचारिमा कोरोनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यस संगै उदयपुरका समुदायमा कोरोना भित्रिन सक्ने आकलन गरिएको र यसलाई रोक्न आम सर्वसाधारणलाई मस्स्क लगाउन अनिबार्य गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भिम बहादुर दाहालले जानकारी दिए।

यस अघि बेलाकाका दुइ ब्याबसायिमा पनि कोरोनाको पोजेटिभ देखिएको थियो। बेलकका दुई ब्याबसायीमा कोरोना पोजेटिभ देखिएपछि बेलकामा पनि कोरोना समुदायमा जान सक्ने सम्भावना लाई ध्यान राख्दै कडाइ गरिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]