उदयपुरमा बढ्यो नदिजन्य सामाग्री चोरी निकासी

Logo
बिहिबार, साउन २२, २०७७

उदयपुर । उदयपुरमा अबैध रुपमा नदिजन्य सामाग्री उत्खनन गर्दै चोरी निकासी बढेको छ। मुलुक कोरोनाको चपेटामा परेका बेला नदिजन्य सामाग्री उत्खनन गर्दै चोरी निकासी बढेको हो।

उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं २ लुवाले खोला र वडा नं ३ ठाडी खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ चोरी निकासी गर्दै गरेका १ /१ गरि दुइ ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।

रातको समयमा खोलाबाट अबैध रुपमा बालुवा, ढुंगा, गिट्टी, लुकी छिपी चोरी निकासी गरिरहेको अवस्थामा सो ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमप्रसाद दाहालले जानकारी दिए ।

प्रदेश २-०१-००१ त ०२३५, स १ त २४४७ नम्बर प्लेट भएका ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्याक्टर नियनत्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस अघि सोमबार राती प्रहरी निरीक्षकको कमाण्डमा गएको टोलीले उदयपुरगढी गाउँपालिका ७ बलान खोलाबाट अवैध रुपमा ढुंगा, गिट्टी उत्खन्न गरिरहेको ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry