उदयपुरमा सत्तारुढ दल छाडेर १०० बढी युवा कांग्रेसमा प्रवेश

Logo
शनिबार, साउन २४, २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सहित विभिन्न पार्टी परित्याग गरि एक सय जना भन्दा बढी युवाहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका वडा १० का जीवन पाण्डेको नेतृत्वमा १०० युवाहरू कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेतको सक्रियतामा उनीहरुलाई पार्टी प्रवेश गराइएको थियो। नवप्रवेशीहरुलाई क्षेत्रिय सभापति बस्नेतले अविर लगाएर पार्टीमा प्रवेश गराएका हुन्।

नव प्रवेशीहरुलाई कांग्रेसको साधारण सदस्यता वितरण गर्दै नेपाली कांग्रेसका सभापति बिदुर बस्नेतले आम नागरिकको दुखमा साथ दिने पार्टीमा प्रवेश गरेकोमा उनीहरुलाई बधाई दिए।

सय भन्दा बढी नव प्रवेशीहरुलाई खादा सहित स्वागत गर्दै उदयपुर कांग्रेस पूर्व जिल्ला सभापति तथा प्रदेश १ का संसद हिमाल कार्कीले नव प्रवेशी हरुलाई उचित सम्मानका साथ कार्यभार दिन उदयपुर नेतृत्वलाई आग्रह गरे।

बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाकी उपमेयर देबी चौधरीले गरिब जनताको आफ्नो पार्टीमा प्रवेश गरेर आएकोमा नवप्रवेशीहरुलाई स्वागत गर्दै आउने दिनमा अब नेपाली कांग्रेस पार्टी मुलुककै एक नम्बर पार्टी हुने बिश्वाश व्यक्त गरिन।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका विभिन्न तहतप्काका नेताहरु उपस्थित भएका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।