नोबेल हस्पिटलका दुई चिकित्सकमा कोरोना पुष्टि

Logo
आइतबार, साउन २५, २०७७

मुलुक कोरोनाको महामारिमारिमा लडी रहेका बेला सामान्य बिरामीभएर उपचार लागि बिराटनगरको नोबेल हस्पिटल पुगेका दुइ उदयपुरका बिरामीलाई उपचारै नगरी फर्काएको नोबेल हस्पिटलका दुइ चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ।

एकै पटक उदयपुरमा कोरोनाका संक्रमित धेरै देखिए पछि उदयपुरलाई रेड जोनमा राखिएको थियो। सोहि समयमा उदयपुर बाट सामान्य बिरामी भएर गएका बिरामीलाई कोरोना संक्रमित क्षेत्रबात आएको भन्दै उपचार नै नगरी फर्काइएको थियो।

आज सोहि हस्पिटलका चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ। अस्पताल प्रशासनले दुई जना रेसिडेन्ट चिकित्सकमा कोरोना पुष्टि भएको पुष्टि गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाल ल्याबमा गरिएको परीक्षणमा आज उनीहरुको पोजेटिभ रिपोर्ट आएको हो । चिकित्सकमा कोरोना पुष्टि भएपछि अन्य चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन कार्य भईरहेको अस्पतालले जानकारी दिएको छ ।

संक्रमित चिकित्सक शुक्रबारदेखि अस्पतालको आईसोलेशनमा रहेका थिए । उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि आईसोलेशनमा राखेर स्वाब संकलन गरिएको थियो ।

एमडीका रेसिडेन्ट चिकित्सकमा देखिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनीहरुको संक्रमणको स्रोत नखुलेको उनले बताए । चिकित्सकमा कोरोना देखिएपछि अस्पतालले आइतबारदेखि ओपीडी सेवा बन्द गर्ने जनाएको छ ।

यसअघि विराटनगरको विराट नर्सिङ होम, कोशी अस्पताल, न्युरो अस्पताल, विराट मेडिकल कलेज, गोल्डेन अस्पताल, मोरङ सहकारी अस्पताल र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]