उदयपुरमा कोरोना संक्रमितको संख्या सय नाघ्यो

मालपोतका थप ६ कर्मचारीमा संक्रमण
Logo
मंगलबार, साउन २७, २०७७

उदयपुरमा कोरोना संक्रमितको संख्या १०० नाघेको छ। मंगलबार एकै पटक १५ जनामा कोरोनाको पुष्टि भए संगै जिल्लामा अब कोरोना संक्रमितको संख्या १०० नाघेको हो।

त्रियुगा नगरपालिकामा ५ पुरुष सहित ३ महिला गरि ८ जना र बेलाका नगरपालिकामा ३ पुरुष सहित ४ महिला गरि ७ जनामा कोरोनाको पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाद सुबेदीले जानकारी दिए।

जनस्वास्थ्य कार्यालयका अनुसार त्रियुगा नगरपालिकामा पोजेटिभ देखिएका ५ पुरुषहरु मध्ये ४४, ३८, ३२, २६, ४२ उमेर समुहका रहेका छन भने महिलाहरु ६२, ३०, ३२ उमेरका रहेका छन्।

यता बेलाका नगरपालिकामा भेटिएका ७ मध्ये ६८, ३१, १८ बर्षका पुरुष रहेका छन् भने ६०, २०, २०, १७ बर्ष उमेरका महिला रहेको प्रमुख सुबेदीले जानकारी दिए।

केहिदिन अघि जिल्ला मालपोत कार्यालयका एक कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो। तिनै कर्मचारीको सम्पर्कमा आएका मानिसको स्वाब संकलन गरिएको थियो। जसमा तिनै संक्रमित कर्मचारीका परिवारका सदस्य र मालापोतका कार्यालयका अन्य ६ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]