

विराटनगर । समयमा पारिश्रामिक नदिएको भन्दै विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत ५५ स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएका छन् । कलेजको इमरजेन्सी विभागमा काम गर्ने उनीहरुले मंगलबार सामुहिक राजिनामा दिएका हुन ।
कोरोना महामारीमा काम गर्दा प्रोत्साहन भत्ता नदिएको र समयमा नै पारिश्रमिक नपाएको उनीहरुले बताएका छन् । समयमा नै पारिश्रमिक पाउनु पर्ने र प्रोत्साहन भत्ता पाउनुपर्ने माग राखेपनि व्यवस्थापनले अटेर गरेपछि स्वास्थ्यकर्मीले सामुहिक राजिनामा दिएर आन्दोलित बनेका हुन ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कर्मचारीले राजीनामा पत्र बुझाएको जानकारी दिए । दाहालका अनुसार स्वास्थ्याकर्मीले राजिनामा दिनुको कारण प्रोत्साहन भत्ता र समयमा पारिश्रामिक नदिएको नभएर कर्मचारीले पाँच हजार पारिश्रमिक थप गर्नुपर्ने माग राखेको र व्यवस्थापनले दिन नसक्ने बताएको थियो ।