कुलमानको कार्यकाल थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैन : उर्जा मन्त्रालय

Logo
बुधबार, भाद्र १०, २०७७

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई पुन नियुक्ति लागि कुनै प्रस्ताव नगरिएको उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले बताएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको भन्ने समाचारहरु समाजिक सञ्जालमा आए पछि मन्त्रालयका उच्च अधिकारीले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखका लागि मन्त्रालयले कुनै र कसैको पनि प्रस्ताव नगरेको बताएका हुन ।

ती अधिकारीले भने– प्रस्ताव नगएको अबस्थामा प्रधानमन्त्रीले सिधै प्रस्ताव ल्याएर निर्णय हुन सक्छ तर त्यस्तो संभावना देखिदैन । बालुवाटार स्रोतले पनि मंगलबार बसेको क्याविनेट बैठकले सो एजेण्डा नभएको बताएको छ ।

यता सामाजिक सञ्जालमा भने कुलमान घिसिङलाई थप चार वर्षका लागि सरकारले नियुक्त गरेको भनेर बधाईको ओईरो लागेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]