साधानस्रोत बिना खोलेका क्लिनिकको लापारवाही, एपेन्डीसाइटका बिरामीलाई पथरी भएको भन्दै पैसा असुल्दै गाइघाटको स्टार क्लिनिक

Logo
बिहिबार, भाद्र ११, २०७७

उदयपुर — त्रुटि हरेकक्षेत्रमा हुन सक्छ तर त्रुटि जब बारम्बार दोहोरिन्छ, त्यो त्रुटि नभएर लापरबाही हुन जान्छ ।

स्वास्थ्य सेवा त्यस्तो संवेदनशील क्षेत्र हो, जहाँ सामान्य त्रुटि पनि क्षम्य हुनु हुँदैन । त्यस्तो क्षेत्रमा मानिसको जीउज्यानै तलमाथि पर्ने लापरबाह प्रवृत्ति बढ्नु गम्भीर चिन्ताको विषय हो । स्वास्थ्य सेवा जस्तो संबेदनसिल क्षेत्रमा भएको सामान्य त्रुटिले पनि मानिसको ज्यान जोखिममा पर्नुका साथै ज्यानै पनि जान सक्ने हुन्छ ।

उदयपुरमा पनि स्वास्थ्य सेवामा त्रुटि भएर लापावाही हुने गरेको पाइदै आएको छ। हालै उदयपुरको त्रियुगा नगरपालिका १२ स्थित स्टार क्लिनिकले पनि गम्भीर लापारबाही गरेको छ।

एक्कासि पेट दुखेर स्टार क्लिनिक पुगेकी एक युवतीको समस्या अर्कै थियो तर क्लिनिकका डाक्टरले अर्कै समस्या देखाएर जवरजस्ती पैसा असुल्ने काम गरेको छ। पेट दुख्ने समस्या भएर सो क्लिनिक पुगेकी युवतीलाई मिर्गौलामा पथरी भएको र यसको आफुले स्वस्थ बनाउने आस्वासन दिएर पठाए।

क्लिनिकका डाक्टरले भने जस्तो उनलाई मिर्गौलामा पथरी नभएर एपेन्डीसाइट भएको पाइएको छ। बिरामी युवतीले डाक्टरले दिएको औषधीले आफुलाई कुनै असर नगरेको र बाहिर जाने सल्लाह माग्दा पनि बाहिर जाने सल्लाह नदिएर उनले दिएको औषधीकै असरले उनको पेट दुख्ने समस्या कम नभएको भन्दै रोक्दै राखेर स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा खेलबाड गरिरहे।

एपेन्डीसाइट भएर हलचल गर्न समेत समस्या हुदै गएपछि उनि उपचारका लागि बिराटनगर पुगिन। त्यहा पुगेपछि थाहा भयो उनलाई पथरी नभएर एपेन्डीसाइट भएको रैछ। केहि समय ढिला हुदा उनको ज्यान समेत जोखिममा परेको उनलाई उपचार गर्ने डाक्टर हरु बताउछन।

कुनै साधन स्रोत बिना क्लिनिक खोलेर बसेका डाक्टरले मनलाग्दी रोग पत्तोसमेत नलगाई जवरजस्ती पैसा असुल्नकै लागि रोग निवारण गर्नुको सट्टा बिरामी माथी झन् समस्या थपिदिने गरेका छन्।

एपेन्डीसाइट स्वस्थ मानिसलाई पनि लाग्ने सामान्य समस्या हुदाहुदै पनि गाइघाटको स्टार क्लिनिकको लापारवाहिले युवातिले अहिले दुख पाएकी छन्। एपेन्डीसाइटको समस्या भएर पुगेका बिरामीको एक पटक अप्रेसन गरे पुग्ने ठाउमा उक्त क्लिनिकै कारण अहिले उनको अप्रेसन दुइ पटक गर्नु पर्ने भएको छ।

एकातर्फ दुई पटक अप्रेसन गर्दा खर्च बढ्ने नै भयो अर्को तर्फ बिना कारण दुई पटक अप्रेसन गरेर शरीरलाई कम्जोर बनाउन परेको पिडा पिडित युवातिले बताइन।

उनि भन्छिन “स्टार क्लिनिकका डाक्टरले भिडियो एक्सरे गरेर ग्यारेन्टीका साथ पथरी भएको र यसको समाधान आफुले गर्ने भनेर औषधी दिए, मैले डाक्टरले भने बमोजिम औषधी सेवन पनि गरे तर समस्या उस्तै रह्यो”।

पिडित युवतीका अनुसार समस्या उस्तै मात्र नभएर थपिदै गएपछि डाक्टरसँग सल्लाह माग्न जादा डाक्टरले औषधीको असरले समस्या देखिएको र पथरी जाने क्रममा रहेका कारण यस्तो भएको हो भनेर चिन्ता नलिन भने ।

डाक्टरको कुराले चित्त नबुझे पछि युवतीले अन्य अस्पतालमा चेक  जाच गराउदा  एपेन्डीसाइटको संका लागेपछि थप उपचारको लागि बिराटनगरको बिराट मेडिकल कलेज पुगिन त्यहाँ पुग्दा एपेन्डीसाइट भएको पत्तो लाग्यो।

तर उनि त्यहाँ पुग्दा उनलाई भएको एपेन्डीसाइट फुटी सकेको थियो। क्लिनिकका डाक्टरको सल्लाह मानेको भए ज्यानै जाने अवस्थामा पुगेकी युवतीको अहिले अप्रेसन भएको छ। तर उनको एपेन्डीसाइट फुटी सकेको कारण पूर्ण स्वस्थ हुन उनले दोस्रो पटक अप्रेसन गर्नु पर्ने भएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।