उदयपुरको निषेधाज्ञा हट्यो, जिल्ला प्रवेश नाकामा कडाई गरिने

Logo
बिहिबार, भाद्र ११, २०७७

जिल्लामा कोरोना संक्रमण समुदायमा फैलिएको आसंका गर्दै गरिएको १५ दिने निषेधाज्ञा हटाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले सिमामा कडाई गर्दै आउँदो शनिबार देखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले कोरोना भाइरसको अधिक संक्रमण रहेका सुनसरी, सिरहा, सप्तरी जिल्लासँग जोडिएका नाकामा वाह्यि आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका वाहेकका व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले जानकारी दिए।

मालपोत कार्यालयका सात जना कर्मचारी र बेलका नगर क्षेत्रमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण देखिएसँगै स्थानीय प्रशासनले पहिलोपटक साउन २८ गते राती १२ बजेदेखि भदौ ७ गतेसम्म जिल्ला तिन त्रियुगा बेलका र चौदण्डीगढी नगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो । संक्रमणको दर बढ्दै गएपछि दोश्रोपटक भदौ ७ देखि १२ गतेसम्म पाँच थप दिनका लागि निषेधाज्ञा थप्ने गर्ने निर्णय गरेको थियो ।

जिल्लामा आज सम्मको कोरोना संक्रमणको लेखा जोखा गर्दै जोखिम रहेपनि परिस्थिति केहि सहज बन्दै गएकाले सर्वसाधरणको दैनिकीलाई सहज बनाउन निषेधाज्ञा हटाउने निर्णय गरेको जनाईएको छ ।

जिल्लामा जारी निषेधाज्ञा हटाए पनि तराइका जिल्लाबाट प्रवेश गर्ने सिमामा भने कडाई गरिने भएको छ। बेलकाको कोठु र आम्बासी, चौदण्डिगढीको सिवाइ, त्रियुगाको लालपत्ता र कटारी नगरपालिकाको बेलसोत क्षेत्र प्रत्यक्षरुपमा तराईका जिल्लासँग जोडिएकाले यी क्षेत्रबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने निर्णय भएको जनाईएको छ ।

प्रजिअ पाण्डेका अनुसार जिल्लामा निषेधाज्ञा हटेपनि सरकारले प्रतिवन्ध गरेको होटल, रेष्टँुरा, सैलुन, व्युटीपार्लर, जिमहाउस, पार्टीप्यालेस, मठमन्दिर र अन्य भेला हुने कार्यक्रम भने पुर्ववत अवस्थाकै जस्तो रोक लगाइने छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।