८४ केजी अवैध गाँजा सहित उदयपुरमा दुई जना पक्राउ

Logo
बिहिबार, भाद्र ११, २०७७

उदयपुर । उदयपुरमा ठूलो परिणाममा गाँजा सहित दुई जना पक्राउ परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त विशेषटेालीले पक्राउ गरेकाे हेा ।

विहिबार विहान ५ बजेको समयमा उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीबाट ४ बोरामा अन्दाजी ८४ केजी गाँजा सहित दुईजनालाई आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको छ ।

पक्राउ पर्नेहरुमा ताप्ली गाउँपालिका १ ओख्लेका २९ वर्षिय जयराम भन्ने पुष्पबहादुर मगर र सोही गाउँपालिका वडा नं. ३ इनामेका ४३ वर्षिय रामबहादुर तामाङ रहेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए।

उनीहरुले ताप्ली गाउँपालिकाका एरियाबाट गाँजा संकलन गरी उदयपुरगढीको बाटो हुँदै भारततर्फ लैजान लागेको विशेष सूचनाको आधारमा नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको एसपी दाहालले बताए ।

गाँजा ओसारपोसारमा अन्य पनि संलग्न भएकोले चाँडै पक्राउ पर्ने एसपी दाहालले बताए । उनीहरुको साथबाट अवैध गाँजा सहित एक थान कुकुरी पनि बरामद भएको छ ।

विशेष सूचनाको आधारमा ३ दिनपछि ९ घण्टाको अप्रेशन पछि उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीका सन्तबहादुर तामाङको बाख्राको खोरमा लुकाई छिपाई रहेको अवस्थामा पक्राउ पर्न सफल भएको नेपाल सशस्त्र प्रहरी बल ५ नं. गणका प्रमुख सुधिर सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]