जिल्ला अस्पताल खोटाङको सम्पूर्ण सेवा पुनः सञ्चालनमा

Logo
बिहिबार, भाद्र ११, २०७७

खोटाङ / सङ्क्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पतालको सम्पूर्ण सेवा पुनः सञ्चालनमा ल्याइएको छ ।

अस्पतालबाट रेफर गरिएकी एक किशोरीमा कोरोना सङ्क्रमण देखिएपछि यहि भदौ ९ गतेदेखि बन्द गरिएको अस्पतालको नियमित सेवा आज साँझ सङ्क्रमित किशोरीको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि पुनः सञ्चालनमा ल्याइएको हो ।

यहि भदौ २ गते जिल्ला अस्पताल भर्ना भएकी किशोरीको जिल्लामा उपचार सम्भव नभएपछि भदौ ४ गते थप उपचारका लागि काठमाडौँस्थित पाटन अस्पताल रिफर गरिएको थियो । काठमाडौँको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पाटन अस्पतालमा भर्ना गरेर उपचार शुरु गरिएकी किशोरीको भदौ ९ गते पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

झाडापखाला तथा ज्वरोका कारण बिरामी परेर रेफर गरिएकी किशोरीलाई कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालले सूचना जारी गर्दै आकस्मिकबाहेक आफ्ना सबै सेवा बन्द गरेको थियो । तेस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट निस्किएर काठमाडौँमै रहेकी सङ्क्रमित भनिएकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।

किशोरीको उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीसहित ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालका कार्यालय प्रमुख रवीनकुमार फुयाँलले बताउनुभयो । सबै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले सूचना प्रकाशन गरेर बन्द रहेको सेवा पुनः शुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry