उदयपुरका एक शिक्षकको काठमाडौंमा कोरोना भाइरसबाट मृत्यु

Logo
शुक्रबार, भाद्र १२, २०७७

उदयपुर / उदयपुरका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उनको भदौं ९ गते राति साढे एक बजे उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महराजगंजमा मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका ४ घर भएका ५२ वर्षिय शिक्षकको मृत्यु भएको ४ दिन पछाडी कोरोना पुष्टि भएको हो । छाला रोगको उपचारको लागि भदौं ३ गते जिल्ला अस्पताल बोक्से गएका उनि चेक जाँच गरेर उनी घर फर्किएका थिए ।

त्यस लगतै भदौं ६ गते १०० डिग्री भन्दा बढी ज्वरो आएपछि त्रियुगा नगरपालिका ३ स्थित राजेश हेल्थ केयर सेन्टर मोतिगडामा चेक जाँच गराएपनि सुधार नआएपछि ८ गते साँझ एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं लगिएको थियो ।

मृतकको कोरोना रिपोर्ट पोजिटिभ बारे फोनमार्फत जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनलाई कहाँ र कहिले संक्रमण भयो भन्ने बारे थाहा भएको छैन ।

मृतक शिक्षकमा कोरोना पोजेटिभ देखिए पछि मोतिगडाको उक्त स्वास्थ्य संस्था शिल गरिएको छ । त्यहाँबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गरिएको छ । उक्त संस्थाको चिकित्सकहरु र केही समय यता उपचारका लागि आएका सर्बसाधारणहरु सबै कन्ट्राक टे«सिङमा परेका छन् ।

मृतकको शव काठमाडौंमै नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ । संक्रमितको मृत्युले गर्दा त्रियुगा नगरपालिका ३ का मोतिगडा, मिलन चोक, सार्की टोल, बगहा लगायत गाउँलेहरु त्रसित देखिन्छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।