सुनसरीमा १८ सुरक्षाकर्मी सहित ३८ संक्रमित थपिए

Logo
शुक्रबार, भाद्र १२, २०७७

इनरुवा – सुनसरीमा आज १८ जना सुरक्षाकर्मी सहित ३८ जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको धरानमा २ जना नेपाली सेना संक्रमित भएका छन् । त्यसैगरी सरुवा भई सुनसरी आएर स्वाब संकलन पश्चात क्वारेन्टिनमा बसेका मध्ये १३ जना प्रहरीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

कोशी गाउँपालिकामा कार्यरत २ जना प्रहरी समेत संक्रमित पाइएका छन् । कोशीका थप एक संक्रमित भने सशस्त्र प्रहरी रहेको बताइएको छ । सुनसरीमा आज थपिएका संक्रमित मध्ये एकजना ७४ वर्षिय वृद्ध समेत छन् । उनी इनरुवा ५ बलाहा घर भएका व्यक्ति हुन् ।

वृद्ध सहित इनरुवाका ४ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये इनरुवा वडा नम्बर १ घर भएका दुई जना रहेका छन् । त्यसैगरी इनरुवा ५ घर भएकी महिला समेतमा कोरोना देखिएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

आज थपिएका संक्रमितहरुमा धरानका ९, देवानगञ्जका ४, इटहरीका ५, कोशीमा ३ र इनरुवामा १३ प्रहरी सहित १७ जना रहेका छन् । आज संक्रमित हुनेमा वीपी प्रतिष्ठान धरानकी नर्स समेत रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

पछिल्लो थपिएको संंख्या सहित सुनसरीमा कोरोना संक्रमितको संख्या ५ सय ७७ पुगेको छ । जसमध्ये २ सय ३५ जना निको भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।