म्याद गुज्रेको औषधि विक्री गर्ने आयुर्वेदिक पसल शिल

Logo
शुक्रबार, भाद्र १२, २०७७

उदयपुर – उदयपुरको सदरमुकाम गाईघाटमा म्याद गुज्रेको औषधी बिक्री गर्ने एक आयुर्वेद औषधि पसल शुक्रबार अनुगमनको क्रममा शिल गरिएको छ । जिल्ला प्रशासन कार्यलय, उद्योग बाणिज्य संघ, सगरमाथा अञ्चल आयुर्वेद औषधलय, खाद्य तथा गुण नियन्त्रण कार्यलय, नगर प्रहरी लगाएतको संयुक्त टोलीले अनुगमन गर्दा म्याद सकिएका औषधी बिक्रीवितरण गर्ने पाइएपछि गाईघाट स्थित त्रियुगा माविको पुरानो भवनमा रहेको नमुना आयुर्वेद फार्मेसीलाई शिल गरेको हो ।

टोलीले म्याद सकिएको १० विभिन्न किसिमका औषधिहरुमा समेत म्याद गुज्रेको भेटेको थियो । टोनी लिभ, जनमघुटी, निरोगी, दिव्य चुर्न, धातु पोष्टी, लैक्स, त्रिपला चुर्ण, नारी अमृत लगायत औषधिको म्याद गुज्रेको पाइएको थियो । तीन वर्ष भित्रमा प्रयोग गर्ने गरी सन् २०१२ सेप्टेम्बरमा बनेको औषधि समेत फेला परेको थियो ।

अनुगमनमा गएको टोलीले म्याद गुज्रेका सम्पूर्ण औषधि समेत जफत गरेको छ । जफत भएका औषधी र पसललाई अनुसन्धान गरी आवश्यक कार्वाही गर्ने जिल्ला प्रशासन कर्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी शशिकुमार लम्सालले जानकारी दिए ।

पसल संचालक कविता कुमारी साहलाई आइतबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा कागजपत्र सहित उपस्थित हुन भनिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]