देशभर कुन जिल्लामा कति कोरोना संक्रमित यस्तो छ विवरण

Logo
शुक्रबार, आश्विन ०२, २०७७

काठमाडौं उपत्यकामा बिहीबार थप ६१८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि बुधबार उपत्यकामा ६७६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेका छन् ।

यसैगरी बितेको २४ घण्टामा उपत्यकासहित देशभर १२४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यस्तै बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको पनि गौतमले बताए । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४१ रहेको छ । यस्तै आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३८३ पुगेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।