पत्रकार महासंघ उदयपुरले गर्यो सबै सदस्यको सदस्यता नबिकरण

Logo
शुक्रबार, आश्विन ०२, २०७७

उदयपुर । विश्व सहित नेपालमा फैलिएको कोरोना महामारीलाई मध्येनजर गर्दै नेपाल पत्रकार महासंघ शाखा उदयपुरले आफ्ना सबै साधारण सदस्यहरुको सदस्यता नविकरण गरिदिएको छ । शाखाले आफ्नै पहलमा स्रोत खोजेर आफ्ना ८३ जना साधारण सदस्यहरुको पछिल्लो दुई आर्थिक वर्षको सदस्यता नविकरण गरिदिएको हो ।

कोरोना कहरका बीच पनि अग्रभागमा रहेर काम गर्दै आएका पत्रकारहरुको पेशानै संकटमा परेको भन्दै उदयपुर शाखामा आवद्ध जिल्लाभरीकै पत्रकारहरुको सदस्यता नविकरण गरिएको शाखा अध्यक्ष भरत खड्काले जनाकारी दिए।

जिल्लाबाट सदस्यता नविकरण मार्फत पठाउनु पर्नेे शुल्क प्रति एक सदस्य १५ सयका दरले एक लाख २४ हजार पाँचसय रुपैया बैंकमार्फत केन्द्रको खातामा जम्मा गरिएको र प्रतिवर्ष शाखा कोषका लागि नविकरणसंगै तोकिएको शुल्क पनि छुट गरेको छ अध्यक्ष खड्काले बताए।

प्रतिब्यक्ति पाँचसयका दरले संकलन हुने ४१ हजार पाँचसय रुपैया शाखाले छुट गरेको हो । शाखाको कार्यसमिति बैंठकले नै निर्णय गरी सबै सदस्यहरुको सदस्यता नविकरण तथा कोष शुल्क छुट गरिएको उनले बताए ।

गएको आर्थिक वर्षको अन्तिमसम्ममा नविकण गर्नु पर्नेमा कोरोनाका कारण केन्द्रले भदौ मसान्तसम्मका लागि म्याद थप गरेको थियो । थपिएको म्यादभित्रै शाखाले आप्mना सम्पूर्ण सदस्यहरुको सदस्यता नविकरण गरेको शाखाका सचिव पर्शुराम थापाले बताए।

यस अघि केही सदस्यले आफ्नो सदस्यता नाबिकरणको शुल्क बुझाएको भए त्यो शुल्क सोही ब्याक्तिलाई फिर्ता गरिने अध्यक्ष खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।