देशभर थपिए ११७२ संक्रमित, प्रदेश १ मा ९१ संक्रमित थपिदा काठमाडौं उपत्यकामा ६३७

Logo
बुधबार, आश्विन ०७, २०७७

विराटनगर – प्रदेश १ मा बुधबार ९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७, झापामा ४, पाँचथरमा २, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ११ महिला १३ पुरुष, पथरीशनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दरहरैँचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, ते¥हथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९५० पुगेको छ ।

प्रदेश १ मा बुधबार २७ जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आइसोलेसन विराटनगरबाट १३, मेची अस्पताल, झापाबाट सात, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ५, कालीसदन आइसोलेसन विराटनगर र कोभिड–१९ आइसोलेसन अस्पताल, गोठगाउँबाट १–१ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६१९ पुगेको छ ।

प्रदेश १ मा बुधबार ८ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४६ महिला र ४५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १८ हजार ६९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यता पछिल्लो २४ घन्टामा देशभर थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ ।

जसमध्ये ४९ हजार ९५४ जना उपचारपछि निको भएका छन् । काठमाडौं उपत्यकामा ६३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ४९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनालाई कोरोना पुष्टि भएको छ ।हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४१४रहेको छ । पछिल्लो २४ घन्टामा थप १८९३ जना डिस्चार्ज भए ।

यसैबीच पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको सख्या ४३६ पुगेको छ । २४ घण्टामा ९ हजार ४९७ सय जनाको पिसिआर परीक्षण भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry