उदयपुरमा लागु औषध सहित विभिन्न ठाउबाट ८ जना पक्राउ

Logo
बिहिबार, आश्विन ०८, २०७७

उदयपुर – त्रियुगा नगरपालिका २ स्थित जोगिदहमा छिमेकी जिल्ला सप्तरीको फत्तेपुरबाट गाईघाट तर्फ ल्याउदै गरेको अबस्थामा लागु औषध सहित ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनीहरुलाई लागु औषध सहित पक्राउ गरेको हो ।

अबैध लागु औषध ल्याउदै गरेको बिशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुका साथबाट फेनारगन ३५ एम्पुल,डाईजोपाम ३५ एम्पुल,लुपिजेसिक ३५ एम्पुल समेत गरी कुल १०५ एम्पुल लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए ।

पक्राउ पर्ने हरुमा त्रियुगा नगरापालिका १२ बस्ने बर्ष १९ को रजामुदिन अन्सारी, सोही वडा बस्ने बर्ष २४ को दिलिप घिमिरे, बर्ष २० को मिलन बिश्वकर्मा, बर्ष २२ को शिब अधिकारी, बर्ष २२ को बिशाल मगर, बर्ष २० को सागर पौडेल रहेका छन्। पक्राउ परेकाहरुबाट ३ थान मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै त्रियुगा नगरपालिका ६ स्थित लालपत्ताबाट लागु औषध सहित श्रीमान् पक्राउ परेका छन्। उनीहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल समेत गरी कुल १८० एम्पुल लागु औषध फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा सप्तरीको कृष्णसबरम गाउँपालिका १ का पिके भनिने ३१ बर्षका प्रबेश मिया र निजकी २६ बर्षिय श्रीमती हजारुम खातुन रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।