निशान भट्टराईको ‘सँगै मरुला‘ मा अनु र नबिन बुढाथोकीको प्रेम(भिडियो)

Logo
बिहिबार, आश्विन ०८, २०७७

नेपाल आइडलको पहिलो सिजनका फस्ट रनरअप निशान भट्टराईले नयाँ गीत लिएर बजारमा आएका छन् । ‘सँगै मरुला…’ बोलको गीत लिएर भट्टराई आफ्ना स्रोता तथा दर्शकमाझ आएका हुन् ।

सन्तोष जंग थापाकोको शब्द र लय रहेको गीतमा संगीत नविन कार्कीले गरेका छन् । नविन बुढाथोकी र अनु शाहले अभिनय गरेको भिडियोलाई आशिक राईले निर्देशन गरेका छन् भने भिडियो सम्पादन बिकाश धमलाले गरेका छन्।

पासपोर्ट बोकेर विदेश हिड्न लागेकी महिलालाई कलाकार नबिनले माया गरेका हुन्छन। पासपोर्टलाई फ्यालेर गाउमै बस्ने निधो गरि बसेका दुई प्रेम जोडीमा ठुलो बज्रपात पर्दछ।

नबिनले प्राण भन्दा बढी मायागरेकी अनुको संगै रहेका बेला पहाडबाट खसेर मृत्यु हुन्छ। उनको मृत्युलाई स्विकार्न नसकी नबिन उनको फोटोलाई हेरी संगै मर्ने कुरा गरि रहेको भिडियोमा देखाइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]