खोटाङका दुई विमानस्थल सुचारु, लामीडाँडा बिमानस्थल भने अझै अनिश्चित

Logo
सोमबार, आश्विन १२, २०७७

खोटाङ । खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा झण्डै ६ महिनापछि उडान सुचारु भएको छ । कोभिड–१९ का कारण अवरुद्ध भएको विमानस्थलमा शनिवार नेपाल वायुसेवा निगमको जहाजले उडान भरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्ने बिमानस्थलमा हरेक शनिबार र बुधबार उडान हुने नेपाल वायुसेवा निगमले जनाएको छ। कोभिड–१९ को महामारी रोकथामका लागि सरकारले गत चैत्र ११ गतेदेखि सुरु गरेको लकडाउन सँगै खानीडाँडा विमानस्थलमा उडान ठप्प भएको थियो ।

जिल्लामा ३ वटा विमानस्थल भएपनि खोटाङ्ग जिल्लाको सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने भएकाले खानीडाँडा विमानस्थल बढि प्रयोग हुने गरेको छ।

यस्तै, वायु सेवा निगमले खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलमा पनि आगामी बुधबारदेखि नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको छ । तर, जिल्लाकै पुरानो विमानस्थल लामीडाँडा बिमानस्थलमा उडानका लागि भने निगमले उडान तालिका सार्वजनिक गरेको छैन ।

रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित लामीडाँडा बिमानस्थल हलेसी तुवाचुङ्ग नगरपालिका, रावाबेँसी गाउँपालिका, केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र ओखलढुंगाका स्थानीयले उपयोग गर्दै आएका छन् । २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा विमानस्थल २०७६ साल जेठमा कालोपत्रे गरिएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]