त्रियुगामा कांग्रेस प्रवेश गर्नेको लर्को

Logo
मंगलबार, आश्विन २०, २०७७

उदयपुरमा स्वतन्त्र र विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरुको लर्को लागेको छ। त्रियुगा नगरपालिका वडा नम्बर ११ स्थित चप्पनमा स्वतन्त्र र विभिन्न पार्टी परित्याग गरि ५ दर्जन बढी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

सोमबार त्रियुगा नगरपालिकाकै वडा नम्बर १० मा ६ सय बढी कांग्रेसमा प्रवेश गरेका थिए। त्यसको भोली पल्टै मंगलबार वडा नं ११ मा नेपाली कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेत को सक्रियतामा ५ दर्जन बढी पार्टी प्रवेश गराएका हुन् ।

नव प्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्का, केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियार, नेपाली कांग्रेस उदयपुरका पाटी सभापति विदुर बस्नेत, पूर्व पाटी सभापति तथा प्रदेश सभा सदस्य हिमाल कार्की, क्षेत्रिय सभापति बसन्त बस्नेतले नव प्रवेशीहरुलाई खादा अविर तथा सदस्यता पत्र प्रदान गरेका थिए।

पार्टी प्रवेश कार्यक्रमको बिशेष अतिथिका रुपमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले वर्तमान सरकार संबेदनहिन र भ्रष्टचारमा लिप्त भएको बताए। नेपाली कांग्रेस मात्रै जनताको दुःख सुखमा साथ दिने पाटी भएकाले नेपाली कांग्रेसको निति र सिद्धान्तलाई अवलम्वन गर्दै कांग्रेस प्रवेश गरेको प्रति स्वागत व्यक्त गर्नु भयो ।

कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियार, पाटी सभापति विदुर बस्नेत, पूर्व पाटी सभापति तथा प्रदेश सभा सदस्य हिमाल कार्की, क्षेत्रिय सभापति बसन्त बस्नेत, त्रियुगा नगरपालिका वडा नं १० का वडा अध्यक्ष प्रकाश खड्का लगाएतले आफ्नो धारणा राखेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]