बुधबार थपिए ३ हजार ४ सय ३९ कोरोना संक्रमित, सक्रिय संख्या २५ हजार नाघ्यो

Logo
बुधबार, आश्विन २१, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएकाे याे संख्या अहिलेसम्मकै उच्च हाे।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १६८४ जना काठमाडौं उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ।

यस अवधिमा कोरोनाबाट १ हजार १ सय २६ निको भएका छन् । यीसहित कुल निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ। मृतक थप १५ जनामा कोरोना पुष्टि भएको छ। यी सहित हालसम्म कोरोनाबाट ५ सय ७८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।