जग्गाको कित्ताकाट फुकुवा गर्नु ऐन विपरीत भएको संसदको प्रत्या योजित व्यवस्थापन समितिको ठहर, सम्बन्धित मालपोतका हाकिमहरुको मिलेमत्तोमा कित्ताकाट खुलाइएको आरोप
अनुदानमा मल वितरण गर्ने निर्देशिका प्रति संसदीय समितिको प्रश्न, सात दिनभित्र समिति समक्ष जवाफ दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आदेश
दक्षिण कोरियाका १५ लाख श्रमिकले तलब पाउन नसकेको तथ्याङ्क सार्वजनिक, ज्याला नपाउने कामदारमा सबैभन्दा धेरै उत्पादनमूलक कम्पनीमा
चीनसंग सिमाना जोडिएका उच्च पहाडी जिल्लाको जीवनस्तर उकास्न चीन सरकारको सहयोग, १२६ स्थानीय तहमा यस वर्षदेखि पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन गरिने
कोभिड– १९ को सङ्क्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु, एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली आजदेखि सातवटै प्रदेशमा
विदेश जानेको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्थाको सूचीकरण खारेज,नियम अनुसार धरौटी नबुझाएकाले सूचीकरण खारेज गरिएको श्रम मन्त्रालयको स्पष्टोक्ति
विश्व खाद्य कार्यक्रमले पायो यस वर्षको नोबेल शान्ति पुरस्कार, पुरस्कार जितेसँगै विश्व खाद्य कार्यक्रमले १ करोड नर्वेजियन क्रोनर पाउने
उदयपुरमा बालिका बलात्कार गर्ने एक युवकलाई ११ वर्ष ६ महिना कैद फैसला, पीडितलाई क्षतिपूर्ति वापत ५० हजार उपलब्ध गराउन अदालतको आदेश
सिन्धुपाल्चोकमा गाडीभित्र सामूहिक बलात्कारः मुख्य आरोपितमध्ये दुई जना पक्राउ
बिपी प्रतिष्ठानका नया भेन्टिलेटर तीन महिनामै बिग्रियो, बिपीमा भर्ना भएका कोभिडका बिरामीलाई भेन्टिलेटरको अभाव
प्रधानमन्त्री ओलीको कार्यशैलीमा सुधार नआएपछि नेताहरु सशंकित, नेकपा अध्यक्षद्वयबीच सहमति नहुँदा तत्काल मन्त्रिपरिषद हेरफेर नहुने
मन्त्रिमण्डलको भागबण्डा छोडेर संकटबारे छलफल गर्न प्रधानमन्त्रीलाई गगन थापाको आग्रह, प्रधानमन्त्री ओलीकै कारण अहिलेको अवस्था सिर्जना भएको थापाको दाबी
एनआरएन ग्लोबल ज्ञानसीप सम्मेलन आजदेखि शुरु, सम्मेलनमा संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र सरकारको पञ्चवर्षीय योजनाका विषयमा कार्यपत्र प्रस्तुत गरिने
कोरोनाविरूद्ध भ्याक्सिनको विश्वव्यापी अभियानमा चीन जोडियो, सुरूमा खोप हरेक राष्ट्रका जोखिममा रहेका ३ प्रतिशत जनसंख्यालाई प्रदान गरिने
र
विश्वका एक सय ५९ देश तथा क्षेत्रहरुबाट जापान भ्रमण गर्न प्रतिबन्ध, आउदो नोभेम्बरदेखि भने जापानले १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने