उदयपुरमा मदन भण्डारी फाउण्डेशनको ३९ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । कमिटीमा दुर्गा नन्द चौधरी अध्यक्ष रहेका छन् । यस्तै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह सचिवमा क्रमश बसन्त पौडेल, विकास वन्जारा, कुमारी ज्युठकुरी र सीता पौडेल लगायत सहदस्यहरु रहेका छन् ।
फाउण्डेशनको काम कार्यवाहीलाई छिटो छरितो वनाउन १३ सदस्यीय सचिवालय पनि गठन गरेको छ । सचिवालयमा दुर्गा नन्द चौधरी, बसन्त पौडेल, विकास वन्जारा, कुमारी ज्युठकुरी , सीता पौडेल, पूर्णकला वन्जारा, रामाकान्त चौधरी, कर्ण सुनाम, शम्भु प्रसाद शर्मा, अश्विन कार्की, महेश राई, तिर्थ पराजुली र दिनेश खड्का रहेका छन् ।
फाउण्डेसनले आगामी दिनमा स्व नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पुर्याउने तथा अन्य विभिन्न कार्यक्रम गर्ने बताएको छ ।
यस्तै फाउण्डेसन अन्तर्गत मदन भण्डारी स्पोर्ट एकेडेमीमा भूवन दहाललाई संयोजकको जिम्मेवारी दिइएको १ नं. प्रदेश कमिटीका सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज कालु लामाले जानकारी दिए।
जिल्ला कमिटी गठन कार्यक्रमको अध्यक्षता गर्दै ईन्चार्ज कालु लामाले देशका तीन वटै तहमा नेकपाको सरकार रहेको बताउदै जननेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलिय जनवादलेनै अहिले सफलता हात हात पारेको बताए।
भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलिय जनवादका थप १४ वटा विशेषताहरुलाई आत्म सात गर्दै फाउण्डेशनलाई समितिको सबै पदाधिकारी तथा सदस्यहरुको साथ सहयोगमा निरन्तर अगाडी वढाउदै लैजाने बताए ।