भोर्ले खानेपानी आयोजना सम्पन्न, सांसद थापाले गरिन समुदायलाई हस्तान्तरण

Logo
शनिबार, आश्विन २४, २०७७

उदयपुरको त्रियुगा नगरपालिका १६ मा भोर्ले खानेपानी योजना निर्माण सम्पन्न भएको छ। गोर्खा वयल फेयर ट्रष्ट धरानको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी योजना निर्माण सम्पन्न भएको हो।

बिगत २५ बर्ष पुरानो खानेपानी आयोजनाको जिर्ण भैसकेका पाइपबाट धमिलो खानेपानी उपभोग गर्दै आएका समुदाय घर घरमा सुरक्षित शुद्ध पानी पुगेपछी खुसी भएका छन ।

एक कार्यक्रमको आयोजना गरी गोर्खा वयल फेयरको प्रोजेक्ट मेनेजर कृष्ण बहादुर सुब्बाले खानेपानी आयोजनालाई शनीबार समुदायमा हस्तान्तरण गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ न. प्रदेश कमिटी सदस्य तथा प्रदेश न.१ का सांसद अम्बिका थापाको प्रमुख आतिथ्यतामा खानेपानी आयोजनाको समुदायमा हस्तान्तरण गरीएको हो ।

कार्यक्रममा विशेष अतिथि सोही वडाका वडा अध्यक्ष मान बहादुर राइ ,गोर्खा वयल फेयर ट्रष्टका प्रतिनिधि स्थानीय उपभोक्ताको उपस्थिती रहेको थियो । आयोजनाको प्रमुख अथिति थापाले उत्घाटन गरेकी हुन् ।

उक्त खानेपानी आयोजनाबाट ३९ वटा धार निर्माण गरीएको छ। यस्तै सोही खानेपानी आयोजनाबाट एउटा बिद्यालय पनी लाभान्बित भएको छ। खानेपानी आयोजना मल्टी आर्टी स्टिम बिधिमा गरिएको ,पानी जम्मा गर्ने ट्याङकी ,पानी फिल्टर गर्ने ट्याङकी ,पानी सप्लाइ गर्ने ६ वटा टयङकी र १ ड्याम समेत निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]