बाकाचोलमा जबरजस्ती करणीको घटनालाई लेनदेनमै मिलाउन वडा सदस्य नै संलग्न भएको खुलासा

प्रभाब न्युज खोटाङ बुधबार, आश्विन २८, २०७७

खोटाङ- खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जबरजस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा मिलाउने खेल भएको खुलेको छ । १६ वर्षीय किशोरीमाथि भएको करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउने प्रयास भएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी परेको घट्नालाई लेनदेनमा मिलाउने खेलमा ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका वडासदस्य जयकुमार तामाङ र युवा निरकाजी तामाङको नाम जोडिएको छ ।

स्वयं बाकाचोलका वडाध्यक्ष सन्तबिर तामाङले मंगलबार विज्ञप्ती नै जारी गरेर जबरजस्ती करणीका घट्नालाई आर्थिक लेनदेनमा गाउँमै मिलाउनमा आफ्नै वडासदस्य तामाङको संलग्नता रहेको दाबी गरेका छन् ।

‘जबरजस्ती करणीका घट्नालाई मिलाइदिने भन्दै पैसाको लेनदेनको फोन रेकर्ड बाहिरिएको घट्नामा हाम्रो ध्यानाकर्षण भएको छ । अझ वडासदस्यकै नाम जोडिनु झनै दुःखद छ,’ विज्ञप्तीमा भनिएको छ, ‘जनप्रतिनिधि नै जवरजस्ती करणी जस्तो निकृष्ट घटनामा दोषीलाई कारबाही गरी पिडितलाई न्यायको आभाष गराउनतर्फ लाग्नु पर्नेमा उल्टै घटनामा संलग्न दोषीसँग पैसाको मोलमोलाई गरी पिडितलाई झन पिडा दिने तर्फ लाग्नु खेदजनक छ ।’ पीडक भनिएका युवासँग गरिएको ५ मिनेट र १४ मिनेटको दुई वटा फोन सम्बादको अडियोमा घट्नालाई गाउँमै मिलाउन दुई लाख व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

गत भदौ १२ गते जबरजस्ती करणी गरिएको भन्दै पीडक विरुद्ध असोज २ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

यसबीचमा गाउँमा घट्नालाई पैसामा मिलाउनका लागि कसरत भएको स्थानीय बताउँछन् । गाउँमा जबरजस्ती करणीका घट्नालाई मिलाउने प्रयासको चर्चा भइरहँदा जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले भने पिडकविरुद्ध मुद्धा दर्ता गरेर अनुसन्धान प्रकृया सुरु गरिसकिएको बताएका छन् ।

प्रहरीमा जाहेरी परेपछि आरोपित युवा फरार छन् । उनले पटक–पटक किशोरीमाथि जवरजस्ती गरेको जाहेरी परेको प्रहरीले जनाएको छ । आरोपित फरार भएपछि उनका बुवाले खोजीका लागि वडा कार्यालयमा निवेदन दिएको वडाध्यक्ष तामाङले बताएका छन् ।

आफ्नो घरमा जयकुमार र निरकाजी पैसा माग्न आएको भनि पीडककै अभिभावकले गत असोज २२ गते वडा कार्यालयमा उजुरी दिएका छन् । पीडकका अभिभावकले वडा कार्यालयमा दर्ता नम्बर १२ मा उजुरी दर्ता गराएका छन् ।

असोज २३ गते वडा कार्यालयमा बोलाइएको पिडित र पिडक पक्षसहित स्थानीयको भेलामा पिडक युवाका बुबाले घट्नालाई लेनदेनमा मिलाउनका लागि रकम व्यवस्था गर्न वडासदस्यले भनेको विज्ञप्ती पनि दावी गरिएको छ ।

वडासदस्य तामाङले भने जबरजस्ती करणीका घट्नालाई मिलाउनमा आफ्नो संलग्नता नरहेको बताएका छन् । बरु पिडितको न्यायकालागि ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कसम्म पिडितलाई पु¥याउन सहयोग गरेको बताए । ‘पिडितले न्याय पाउनु पर्छ भनेर पिडितलाई जाहेरी दिनका लागि ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कसम्म पु¥याउने मै हुँ । गाउँमा मिलाइदिन पर्छ भनेर माग आउँदा अस्वीकार गरेँ,’ वडासदस्य तामाङले भने, ‘म माथि झुटो आरोप लगाइएको छ । पुरानो रिसइवि साँधेर मेरो बदनाम गर्ने प्रयास भएको छ ।’

श्रोतका अनुशार निरकाजीले पैसामा घटना मिलाउनका लागि आरोपित युवासँग फोनमा कुराकानी गरेका हुन् । सो कुराकानीमा घट्नालाई मिलाउनका लागि पिडितलाई दुई लाख दिने र अपुग भए पछि दिने गरी कुरा मिलाउने भनिएको छ ।

सम्पर्क

सोलुसन खबर  मिडिया प्रा.ली.
दर्ता नं. : –
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: महेश खनाल
न्युज डेस्क – बिना मगर, चित्र मगर

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।