त्रियुगालाई कांग्रेस मय बनाउदै नेता बस्नेत

Logo
आइतबार, कार्तिक ०२, २०७७

शनिबार कार्तिक १

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका पछिल्लो समय कांग्रेस मय बन्दै गएको छ। करिव एक महिनाको अन्तरालमा त्रियुगा नगरपालिकामा मात्र १ हजार युवा कांग्रेस पार्टीमा प्रवेश गरेका छन्।

आज शनिबार नेपाली कांगेस पार्टी कार्यालय गाईघाटमा भएको पार्टी प्रवेश कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं १२ का ४० बढी युवा पार्टी प्रवेश गरेका छन्। यस अघी त्रियुगा नगरपलिका वडा नं १० मा पटक पटक गरेका १० हजार युवा कांग्रेस प्रवेश गरेका थिए।

कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय संसद नारायण खड्का र लक्ष्मी परियारको उपस्थितिमा त्रियुगा नगरापालिका बोक्सेमा बृहत पार्टी प्रवेश कार्यक्रमा एकै दिन ७ सय बढी युवा काग्रेसमा प्रवेश गरेका थिए।

गत स्थानीय निर्वाचनमा थोरै मत अन्तरले पछाडी परेको कांग्रेस अहिले भने त्रियुगा नगरपालिकामा दर्विलो देखिएको छ। स्थानीय निर्वाचनमा केही आफ्नै पार्टीको असहयोगका कारण पनि नगर प्रमुखमा पराजित हुन परेको निर्स्कर्ष सहित पार्टीलाई एक ढिक्का बनाउन लागि कांग्रेसका क्षेत्रिय सभापति बसन्त बस्नेत धेरै हद सम्म सफल देखिएका छन्।

उनैको सक्रियतामा त्रियुगामा अहिले अन्य पार्टी छाडी काग्रेस प्रवेश गर्नेको लार्को लागेको छ। हरेक दिन बिहान बेलुका कार्यकर्ता र जनताको घर आगनमा देखिने नेता बस्नेतले कोरोना कहरले ल्याएको लकडाउनमा जनताका घर घर पुगेर राहात वितरण गरेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]