बिराटनगरको नोबेल अस्पतालको बदमासी, टाउकोको अप्रेसन गर्न लगेका बिरामीको पेट चिरियो, बिरामीको मृत्यु

जलाउन ठिक्क पारिएको शव पोस्टमार्टम गर्न लगियो

Solution Khabar मंगलबार, मंसिर ०९, २०७७

विराटनगर / विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएका एक पुरुषको शव चिताबाट उठाएर पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । टाउकोको शल्यक्रियाका क्रममा मृत्यु भएका मोरङको केराबारी गाउँपालिका– ९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको पेटमा पाँच टाका लगाइएको भेटिएपछि आफन्तले चिताबाट शव उठाएर पोष्टमार्टमका लागि लगेका हुन् ।

अति विपन्न परिवारका बिक्कीलाई स्थानीयले चन्दा उठाएर नोबेलमा अस्पताल भर्ना गराएका थिए । शुक्रबार टाउकोको शल्यक्रिया गरेका उनको शनिबार मृत्यु भएको थियो । तर अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिने भन्दै रोकेर राख्यो । स्थानीयले पुनः चन्दा उठाएर सोमबार साँझ मृतकको शव बुझे ।

राति करिब ८ बजे चितामा राखेर आगो लगाउन अघि कपडा खोल्दा पेटमा प्वाल देखिएको थियो । नाइटो नजिकै पेटमा पाँच टाँका लगाएको देखिएपछि स्थानीय र आफन्तले शवको अन्त्येष्टि गर्न मानेनन् र राति १२ बजे चिताबाट उठाएर पोष्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगेको नेकपा केराबारी गाउँपालिकाका नेता राम कार्कीले जानकारी दिए ।

स्थानीयले शंका गर्दै पोष्टमार्टम गर्नुपर्ने बताएपछि राति नै शव अस्पतालसम्म पुर्याइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए । ‘उहाँहरुले पोष्टमार्टम गर्नुपर्ने बताएपछि हामीले समन्वय गरिदिएका थियौं,’ उनले भने ।घटना शंकास्पद भएकाले पोष्टमार्टमका लागि पठाइएको नेकपा नेता कार्कीले बताए । ‘चितामा राखेर कपडा खोल्दा पेटमा पट्टी लगाएको देखियो । खोलेर हेर्दा पाँच टाँका लगाएको रहेछ,’ उनले भने ‘ शल्यक्रिया टाउकोको गरेको हो । पेटमा चिरिएका कारण पोष्टमार्टम गर्न पठाएका छौं ।’

केही दिन अघि नोबेलमा भर्ना भएका बिक्कीको शुक्रबार टाउकोको शुल्यक्रिया भएको थियो । शल्यक्रिया असफल भएपछि शनिबार उनको मृत्यु भयो । मृत्युपछि छिमेकीले शव दिन अस्पताललाई आग्रह गरे । तर अस्पतालले छुट नदिने भन्दै मृतकको शव लैजान दिएन् । आइतबार शव लिन आएका छिमेकीलाई शव नदिएपछि रित्तो हात फर्किएको उनले बताए । सोमबार साझ शव बुझेका थिए ।

बिक्कीको टाउकोको शल्यक्रियाका लागि एकलाख ८२ हजार २०० रुपैयाँ बिल उठेको थियो । सो रमक मध्ये ५८ हजार रुपैयाँ सरकारको विपन्न नागरिक सहायता कोषबाट जुट्यो । ३८ हजार रुपैयाँ चन्दा उठाएर अग्रिम बुझाएका कारण ५५ हजार रुपैयाँ पुगेन् । सोमबार पून चन्दा संकलन गरेर शव अस्पतालबाट बुझेर लगेका थिए ।

चिकित्सक भन्छन् – पेटमा चिर्नु सामान्य

टाउकोको शल्यक्रिया गर्दा पेटमा चिर्नु सामान्य रहेको चिकित्सकले बताएका छन् । नोबलका विषेशज्ञ डाक्टर प्रकाश काफ्लेका अनुसार टाउकोबाट पाइप निकालेर नाइटो नजिकै पेटभित्र राखिन्छ । यो प्रकृयालाई मेडिकल भाषामा ‘भेन्टीक्लो प्लेटेनियमसन्ट’ भनिन्छ ।

‘टाउकोको शल्यक्रिया गर्दा पेटमा पाइप राख्न प्वाल पारिन्छ,’ उनले भने, ‘यो सामान्य प्रकृया हो । टाउकोमा कानछेउबाट पाइप निकालिन्छ र पेटमा नाइटो छेउमा राखिन्छ ।’ टाउकोमा जमेको पानी बाइपास गर्नका लागि पाइपको प्रयोग हुने गरेको उनले बताए ।

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।