बालिका हत्याको विरोधमा बर्दिबास तनावग्रस्त, हत्याका आरोपितको घरमा स्थानीयले लगाए आगो

प्रहरीद्वारा रबरको गोली र अश्रुग्याँस प्रहार, दुई घाइते
Logo
मंगलबार, मंसिर ०९, २०७७

बर्दिवास । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि हवाई फायरसम्म गरेको छ । दर्जनौं राउण्ड अश्रु ग्यास प्रहार र हवाई फायर गरिएको स्थानीयले बताएका छन् ।

बर्दिवास नगरपालिका वडा नम्बर ५ का श्याम कार्की र वडा नम्बर १४ का अफताव आलम घाइते भएको प्रहरीले जानकारी दिएको छ। प्रदर्शनका क्रममा कार्कीलाई चार वटा रबरको गोली लागेको छ भने आलमको टाउकोमा चोट छ। उनीहरूको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।

बर्दिवास नगरपालिका वडा नम्बर १४ को शुभम् वस्तीबाट हराएकी ६ वर्षिया बालिका गुलाव साहको शव सोमबार राति फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको भन्दै आफन्तले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा उत्रिएकाहरूले महेन्द्र राजमार्ग बन्द गरेका छन्। उनीहरूले सडकमा प्रदर्शन जारी राखेका हुन्। उक्त घटनाका दोषीलाई पक्राउ र कारवाहीको माग उनीहरूले गरेका छन ।

घटनामा सम्लग्न रहेको आरोपमा प्रदर्शनकारीले गौशाला नगरपालिका वडा नम्बर ५ का अरूणकुमार साहको बर्दिवासस्थित घरमा आगजनी गरेका छन्। प्रदर्शनकारीले पटक–पटक साहले घट्ना घटाएककाले उनलाई धराौटीमा छुट्न नपाउने गरी आजीवन कैद सजया हुनुपर्ने, उनको घर भत्काएर स्मृति पार्क बनाउनुपर्ने, हरेक घट्नामा उनको अभिभावक पनि संलग्न रहेकाले मतियारको रुपमा उनीहरुलाई पनि सजाय हुनुपर्नेसहितका माग राखेका छन् ।

प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल, सशस्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गरिएको छ । प्रहरीले घटनाका दोषीलाई पक्राउ गर्ने र घटनाबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।